डडेल्धुरा नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलको एउटा पहाडी जिल्ला हो । यस जिल्लाको सिमाना पूर्वमा डोटी,उत्तरमा बैतडी र दक्षिणमा कञ्चनपुर सँग जोडिएको छ भने यस जिल्लाको पश्चिममा भारतको उत्तराखंड पर्छ। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गर्दथ्यो ।
जिल्लाको नामाकरण
डडेल्धुरा जिल्लाको नाम बनोटको आकृतीबाट रहेको भन्ने एक थरी मतवालम्बीहरूको धारणा रहेको छ, उनीहरूको अनुसार स्थानीय जनबोलीमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई जनजिब्रोमा डडेलधुरा भनिन थालिएको हो ।
यस जिल्लाको नाम डडेलधुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरू छन् । यस जिल्लामा दलिन जस्तो डाँडा, घना जङ्गल र जाडो भएको कारणले डडेलधुरा रहन गएको भन्ने भनाइ पनि छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!