डडेल्धुरामा खानेपानीकाे मुहान सफा गर्ने क्रममा ढुंगा खस्दा एक जनाकाे मृत्यु

Posted on: 07 Jul, 2024

असार २३, काठमाडौँ । डडेल्धुरामा खानेपानीकाे मुहान सफा गर्ने क्रममा माथिबाट ढुंगा खस्दा एक जनाकाे मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको ढुंगा लागेर मृत्यु भएको हो।

उनी घरबाट माथि पट्टी खानेपानीको मुहान सफा गर्न भातगाडा पाँच/सात जना साथीहरूसँग गएका थिए।

पानीका कारण भिरालो जमिन कमजाेर बनेको थियाे। साेही ठाउँबाट ढुंगा खस्दा पनेरुलाई गम्भीर चाेट लाग्याे र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार अपरान्ह ४ बजेकाे घटना भएपनि प्रहरीलाई राति १० बजे खबर आएको थियाे।

खबर प्राप्तपछि इलाका प्रहरी कार्यालय, जोगबुढाकाे टोली घटनास्थलमा पुगेकाे छ। उक्त टाेलीले थप अनुसन्धानकाे काम गरिरहेकाे डिएसपी गिरीले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!