टिकटकमा भाइरल डेल्धुराकी विमला झुण्डिएको अवस्थामा मृत फेला

Posted on: 12 Sep, 2024

भदौ २७, डडेल्धुरा | डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् ।

गन्यापधुरा गाउँपालिका-३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए । विमला टिकटकरसमेत हुन् । टिकटकमा उनका २ लाख २४ हजार फलोअर छन् ।


हिजो झुन्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताए ।

विमलाका बुवाको केही समयअघि मृत्यु भएको थियो । दाजु भने विदेशमा छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!