दार्चुलामा २० प्रतिशत खाद्यान्न रक्सीमा उपयोग

Posted on: 05 Dec, 2016

मङ्सिर २०, दार्चुला | दार्चुला जिल्लाका उत्तरी भेगका गाविसहरुमा २० प्रतिशत खाद्यान्न रक्सीमा प्रयोग हुने गरेको छ जिल्ला कृषि विकास कार्यालय दार्चुलाको खाद्य उपयोग तथ्याङ्क अनुसार उक्त आकडा देखिएको हो ।

जिल्ला कृषि विकास कार्यालय दार्चुलाका अनुसार व्याँस, राप्ला, सितोला, घुसा र खण्डेश्वरी लगायतका हिमाली गाविसमा कुल उत्पादन खाद्यान्नको ७० प्रतिशत खानाको रुपमा १० प्रतिशत बिउ, पशु आहारा, तथा २० प्रतिशत रक्सीमा उपयोग भईरहेको छ ।

जिल्लाका दक्षिण भेगका गाविसहरुमा भने उत्पादन भएको जम्मा खाद्यान्न मध्ये ९० प्रतिशत खानाको रुपमा र बाँकी १० प्रतिशत बिउ, पशु आहारामा प्रयोग भईरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका बरिष्ठ कृषि विकास अधिकृत सुर्य प्रशाद बरालले बताउनु भयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!