विजय थापा/असोज १३, वाशिंगटन डीसी l नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/असोज १३, वाशिंगटन डीसी l नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री प्र"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीसीमा परराष्ट्रमन्त्री प्रकाश शरण महतसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

१२ आश्विन २०७३, बुधबार ०६:१५


विजय थापा/असोज १२, वाशिंगटन डीसी l नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )संग नेपालको समसामयिक बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो l 

परराष्ट्र मन्त्रि प्रकाश शरण महतले न्युयोर्कमा भएको राष्ट्र संघ ७१ औ महासभामा भाग लिन आएको चर्चा गर्दै आफु संग भेटघाट ,स्वागत तथा अन्तरक्रिया गर्ने अवसर दिनु भएकोमा नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखालाई धन्यवाद दिएका थिए l 

अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्ने क्रममा महतले नया संबिधानमा सबैलाई चित्त नबुझेको हुन् सक्छ भन्दै निर्वाचन प्रणालीको बिषयमा मलाई पनि चित्त बुझेको छैन l तर उनले अगाडी भने लोकतन्त्रलाई संस्थागत गर्न र यो संबिधान बनाउन धेरै बलिदान गरेको बताए l  

लोकतन्त्रलाई मान्दै नमान्ने दललाई पनि यस्को बिकल्प छैन भन्ने कुरामा लागि परेको समेत कुरा राखे l

मन्तब्य कै क्रममा जनसम्पर्क समितिमा पनि केहि समस्या देखा परेको चर्चा गरे l लोकतान्त्रिक तरिकाबाट यसलाई तपाईहरुले नै समाधान गर्नु पर्छ भनि सुझाब दिए l उन्ले भने नेपाल आमाले गर्दा यहाहरु आउनु भएको छ, अब तपाईहरुको पनि केहि जिम्मेबार छ भन्दै देशलाई सहयोग गर्नु पर्ने बताए l 

उक्त अन्तरक्रिया कार्यक्रममा भारत भ्रमण ,टिकापूर तथा अन्य नेपालका समसामयिक बिषयका कुराहरु वक्ता तथा सहभागीहरुले जिज्ञाशा राखेका थिए l महतले उक्त जिज्ञाशाको उत्तर दिदै तपाईहरु पढे लेखेका हुनु हुन्छ तर सामाजिक संजालमा हामी भारतको भ्रमणको कुरालाई नकारात्मक रुपमा पनि प्रस्तुत गरियो l हामीले भारतमा आफ्ना कुराहरु प्रष्ट राखेको र नेपालको हित बिपरित हुने कुनै त्यस्तो नगरेको बताए l 

सामाजिक संजालले कहिलेकाही तिललाई पहाड बनाई दिन्छन भन्दै त्यो प्रवृति गलत हो भन्दै कसैले कान लग्यो भन्दैमा कागको पछाडी नलाग्न आग्रह गरे l 

ठिक तरिकाले ठिक ठाउँमा आफ्ना कुराहरु राख्न सक्नु पर्छ भन्दै बिदेशमा खुट्टा तान्ने प्रवृति छोड्नु पर्छ सुझाब दिए l 

उक्त कार्यक्रममा माननिय साँसद मोहन बहादुर बस्नेतको पनि उपस्थिति रहेको थियो l सांसद मोहन बहादुर बस्नेत सँग अब मुलुकले बिस्तारै काचुली फेर्छ भन्ने लागेको बताए l उनले संबिधान सबैलाई चित्त बुझाउन नसकिएता पनि संसोधन मार्फत केहि गर्न सकिने बताए l मुलुकले निकास पाएन भने देशको दुर्दशा पाउने छ भने मन्त्यब्य राखे l अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) को पनि उपस्थिति रहेको थियो l 

अन्त्यमा परराष्ट्र मन्त्रि महतले हाम्रो मूल लक्ष्य लोकतंत्र लाई संस्थागत गर्नु रहेको स्मरण गराए l कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष पदम रेग्मी तथा एएनका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्तब्य को साथै टिकापुर ,भारतीय सम्झौता तथा अन्य सम्बन्धि कुरा उठान गरेका थिए l कार्यक्रमको सभापतित्व शाखाका सभापति राम शरण हुमागाइले गर्दै उनले सबैलाई धन्यबाद दिएका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल