असोज १८, डिसी | अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, डिसी | अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीसीमा पहिलो नेपाली लायन्स क्लवको चार्टर नाइट सम्पन्न

१८ आश्विन २०७३, मंगलवार ०२:३९

असोज १८, डिसी | अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको छ । 

अमेरिकाको २४ ए डिष्ट्रिक्टकी पूर्व गभर्नर करेन उडल पार्करले क्लवका सबै नव पदाधिकारीहरुलाई शपथ गराएकी थिइन् l सो समारोहमा अतिथिको आसनवाट वोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्की ले अन्तरराष्ट्रिय जगतमा सेवा गरिरहेको लायन्स क्लवको छहारीमा नेपालीको लायन्स क्लव खुल्नु सुखद भएको बताउदै क्लवले समुदायमा सेवा पुर्याउने आशा व्यक्त गरे l 

सो समारोहको लागि क्यालिफोर्निया राज्यवाट भाग लिन आउनु भएका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर राजेन थापाले गोविन्द गिरी प्रेरणा लामो समयदेखि परिचित व्यक्ति भएको र उहाँको नेतृत्वमा क्लवले समुदायमा सेवा पुर्याउने विश्वास व्यक्त गरे l 

२४ ए डिष्ट्रिकका गभर्नर जे मोहनले आफूले क्लवको वैठकमा भाग लिंदा परिवारको वीच वसेको अनुभूति भएको वताउँदै आफ्नो डिष्ट्रिक्टमा यो क्लवको नाम उच्च हुनेमा आफूलाई विश्वास भएको बताए l 

मनासस एभरेष्ट क्लब २७ जुलाईमा स्थापना भएको थियो । साहित्यकार, पत्रकार , समाजसेवी गोविन्द गिरी प्रेरणा क्लवका अध्यक्ष भएका छन् भने सचिवमा दोवा ढकाल, कोषाधयक्ष अनुभव गिरी तथा मेम्बरसिप डाइरेक्टर विष्णु गुरुँग छन् । यसै गरि सदस्यहरुमा अन्जु गिरी, सिसम गुरुँग, सन न्ह्यूइन, पवन गौतम, साधना गौतम, शोभा ढकाल, दिवाकर ज्ञवाली, इन्दिरा आचार्य, लोक तिवारी, अनुरोध गिरी, लक्ष्मी गिरी, दिनुप ज्ञवाली, सफर थापा, कविन्द्र सिटौला, सुधिर वास्तोला, रञ्जय उपाध्याय, राजेन्द्र खनाल, पवन जीसी तथा नन्दलाल उपाध्याय रहेका छन् l 


कार्यक्रमलाई समापन गर्दै क्लवका अध्यक्ष गोविन्द गिरी प्रेरणाले चार्टर नाइटमा सहभागी अतिथिहरु, अरु क्लवका सदस्यहरु सवैलाई धन्यवाद ज्ञापन दिदै मनासस एभरेष्ट लायन्स क्लव मार्फत समुदायमा सेवा पुर्याउँदै मानवियताका लागि काम गर्ने बताए । कार्यक्रम सञ्चालन पूर्व परिषद सभापति ह्यारी पार्करले गरेका थिए l  मनासस एभरेष्ट लायन्स क्लवमा हाल २३ जना चार्टर सदस्यहरु रहेका छन् l  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का