१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

यूएईमा युवतीको मृत्यु : पक्राउ परेका भाइ रिहा, श्रीमान् अझै फरार

२८ चैत्र २०८०, बुधबार १०:२९

चैत २८,  काठमाडौं । यूएईमा अजमानस्थित चाइना मलको भवनबाट खसेर राधिका घिमिरेको ज्यान गएपछि प्रहरी नियन्त्रणमा रहेका थानेश्वर घिमिरे रिहा भएका छन् ।

२९ वर्षीया राधिका आइतबार बिहान यूएईको अजमान चाइना मलनजिकै आफू बस्दै आएको बिल्डिङबाहिर भुईँमा मृत अवस्थामा भेटिएकी थिइन्।


राधिकाको मृत्युको विषयमा थानेश्वरलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । पाणिनी–५ मैदान अर्घाखाँचीका थानेश्वर घिमिरे राधिकाको भाइ पर्छन् । 

दिदीले काममा लगाइदिने भनेपछि  एक साता अघिमात्रै भिजिट भिसामार्फत उनि यूएई पुगेका थिए । घटना अघिसम्म आफू दिदी भिनाजुसँगै भएको र दिदी-भिनाजुबीच भनाभन हुँदा असहज लागेर उठेर बाथरुम गएको र निस्किँदा दिदीलाई नदेपछि खोज्ने क्रममा दिदीको शव घरको तल हेर्नै नसकिने अवस्थामा देखेपछि आफु त्यहाँबाट भागेको उनले बताए ।

रिहा भएपछि उनले आफु दिदीको लास देखेपछि डराएर भागेको र सारजाह गएर होटलमा कोठा लिएर बसेको बताए । तर निदाउन नसकेपछि दुबईमा रहेका अर्का दिदी भिनाजुकोमा ब्याग राखेर आफैँ प्रहरी कार्यालयमा पुगेको बताए ।

राधिकाको मृत्युपछि टीकापुर–७ कैलालीका राधिकाको श्रीमान् नेत्रप्रसाद न्यौपाने भने फरार छन् । उनले पत्नी राधिकालाई बोतलले टाउकोमा हानेर भवनबाट तल खसाएको आरोप छ । राधिका रोजगारीका लागि १३ महिना अघि यूएई पुगेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो