२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

यूएईमा युवतीको मृत्यु : पक्राउ परेका भाइ रिहा, श्रीमान् अझै फरार

२०८०, २८ चैत्र बुधबार १०:२९

चैत २८,  काठमाडौं । यूएईमा अजमानस्थित चाइना मलको भवनबाट खसेर राधिका घिमिरेको ज्यान गएपछि प्रहरी नियन्त्रणमा रहेका थानेश्वर घिमिरे रिहा भएका छन् ।

२९ वर्षीया राधिका आइतबार बिहान यूएईको अजमान चाइना मलनजिकै आफू बस्दै आएको बिल्डिङबाहिर भुईँमा मृत अवस्थामा भेटिएकी थिइन्।


राधिकाको मृत्युको विषयमा थानेश्वरलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । पाणिनी–५ मैदान अर्घाखाँचीका थानेश्वर घिमिरे राधिकाको भाइ पर्छन् । 

दिदीले काममा लगाइदिने भनेपछि  एक साता अघिमात्रै भिजिट भिसामार्फत उनि यूएई पुगेका थिए । घटना अघिसम्म आफू दिदी भिनाजुसँगै भएको र दिदी-भिनाजुबीच भनाभन हुँदा असहज लागेर उठेर बाथरुम गएको र निस्किँदा दिदीलाई नदेपछि खोज्ने क्रममा दिदीको शव घरको तल हेर्नै नसकिने अवस्थामा देखेपछि आफु त्यहाँबाट भागेको उनले बताए ।

रिहा भएपछि उनले आफु दिदीको लास देखेपछि डराएर भागेको र सारजाह गएर होटलमा कोठा लिएर बसेको बताए । तर निदाउन नसकेपछि दुबईमा रहेका अर्का दिदी भिनाजुकोमा ब्याग राखेर आफैँ प्रहरी कार्यालयमा पुगेको बताए ।

राधिकाको मृत्युपछि टीकापुर–७ कैलालीका राधिकाको श्रीमान् नेत्रप्रसाद न्यौपाने भने फरार छन् । उनले पत्नी राधिकालाई बोतलले टाउकोमा हानेर भवनबाट तल खसाएको आरोप छ । राधिका रोजगारीका लागि १३ महिना अघि यूएई पुगेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा