२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकी अदालतमा ममता काफ्ले प्रकरण: नरेश धरौटीमा छुट्न पाउनेबारे फेरि सुनवाइ तय, मुद्दाको छिनोफानो ५ महिनाभित्रै हुनुपर्ने

२०८१, २ आश्विन बुधबार ०७:०८

असोज २, काठमाडौं । अमेरिकाको प्रिन्स विलियम काउन्टी कोर्टले ममता काफ्लेको मुद्दामा प्रतिवादी नरेश भट्टका पक्षमा निर्णय लिँदै आएको छ। नरेश भट्टलाई हत्याको अभियोगमा दोषी ठहर गर्न ठोस प्रमाणहरू अभाव भएको भन्दै अदालतले मुद्दालाई ‘स्पिडी ट्रायल’ प्रक्रियामा राखेको छ। 

नरेश पक्षको माग अनुसार यो मुद्दा ‘स्पिडी ट्रायल’ को प्रक्रियामा गइसकेको छ । यो प्रक्रियामा जाँदा ५ महिनाभित्रै मुद्दाको छिनोफानो भइसक्नु पर्छ । प्रमाण जुटाउन बाँकी रहेकाले सरकारी वकिलहरू मुद्दालाई लम्ब्याउन चाहन्थे । 

नरेशका वकिलहरू भने छिटो फैसला होस भन्ने पक्षमा थिए । अदालतले नरेशका वकिलहरूको माग बमोजिम निर्णय लिएको छ ।

अन्तिम सुनवाइ कहिले गर्ने भनेर अस्ति १६ तारिखमा एउटा मोसन हियरिङ राखिएको थियो । उक्त सुनवाइमा सरकारी वकिलले जनवरीको अन्तिम वा फेब्रुअरीमा राख्न माग गरे ।

५ महिने डेडलाइनको अन्तिमतिर सुनवाइ राख्दा सबै प्रमाणहरू संकलन गर्न आफूहरूलाई सहज हुने उनीहरूको भनाइ थियो ।

यता नरेश भट्टका वकिलहरूले भने नोभेम्बर वा डिसेम्बरभित्रै सुनवाइ हुनुपर्नेमा जोड दिएका थिए । अभियोग पुष्टि हुने ठोस प्रमाण नभएकाले नरेशलाई धेरै थुनामा राखिरहन नहुने उनीहरूको तर्क छ । 

जसलाई अदालतले मानेर डिसेम्बर ९, १०, ११, १६, १७ र १८ तारिखलाई सुनवाइको मिति तोकेको छ। ममताका वकिलहरू भने यी मितिहरूप्रति असन्तुष्ट छन्, किनकि उनीहरूलाई सबै प्रमाणहरू संकलन गर्न थप समय आवश्यक थियो।


नरेशका वकिलहरूले राखेको अर्को माग पनि अदालतले पूरा गरिदिएको छ । उनीहरूको नयाँ माग थियो, नरेशलाई धरौटीमा छोड्ने विषयमा फेरि सुनवाइ राख्नुपर्ने । अदालतले उनीहरूको मागेबमोजिम ममता कार्यालयबाट निस्किँदै गर्दाको सीसीटीभी फुटेज प्रहरीले उपलब्ध गराएको थियो । त्यस आधारमा नरेश भट्टका वकिलले ममता ज्यूँदै रहेको भन्दै नरेश धरौटीमा छुट्नुपर्ने माग राखेका हुन् । यो मागलाई सदर गर्दै अदालतले २९ तारिखमा अर्को मोसन हियरिङ बोलाएको छ ।

यसअघि अदालतले नरेशको बोन्ड अपिल खारेज गरेको थियो । उनीबाट भाग्न सक्ने र अरूलाई जोखिममा पार्न सक्ने भन्दै न्यायाधीशले धरौटीमा छोड्न अस्वीकार गरेका थिए । तर, फेरि एक पटक यही विषयमा सुनवाइ हुने भएको छ ।

यो मुद्दा हाल ममता काफ्लेको हत्यासँग सम्बन्धित नभएर लास बेपत्ता पारिएको सम्बन्धमा रहेको छ। यदि दोषी प्रमाणित भएमा नरेशलाई एकदेखि पाँच वर्ष जेल सजाय र २५ सय डलरसम्म जरिवाना हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण