९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विर्तामोड नगरपालिकाको योजना समीक्षा गरियो

२७ कार्तिक २०७३, शनिबार ०२:३५

कत्तिक २७, विर्तामोड । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७२/०७३ मा सम्पन्न भएका योजनाहरुको समीक्षा गरेको छ । शुक्रबार विर्तामोडमा आयोजित एक भेलाका बीच समीक्षा गरिएको हो । 

नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा नगर क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि, एकीकृत योजना तर्जुमा समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

यस आर्थिक वर्षमा १५ जनाको पाठेघरमा भएको क्यान्सरको शल्यक्रिया गरिएको, एकीकृत सम्पत्ति कर लागु गरिएको, बर्थिङ सेन्टर स्थापना गरिएको, ४ वटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको र कृषिथोक बजारमा विषादी परिक्षण प्रयोगशाला स्थापना गरिएको विषयलाई नगरपालिकाले प्रमुख उपलब्धि मानेको छ । 

यस आर्थिक वर्षमा नगरको कुल बजेट १६ करोड ५१ लाख ८५ हजार रुपैयाँ रहेकोमा १४ करोड ६३ लाख ८६ हजार रुपैयाँ खर्च भयो । त्यस्तै, सामाजिक सुरक्षा भत्तातर्फ ४ हजार २ सय ६६ जनालाई २ करोड ४८ लाख २३ हजार रुपैयाँ वितरण गरियो । त्यस्तै, १४ लाख ६३ हजार रुपैयाँ फ्रिज भएको जनाइएको छ । 

आगामी आर्थिक वर्ष ०७३/०७४ मा ४ हजार ४ सय ६१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने तथ्याङ्क बताउँछ । 

कार्यक्रममा नगरपालिकाले गरेको भौतिक प्रगति बारे जानकारी दिँदै कर्मचारी प्रेम दाहालले यस आर्थिक वर्षमा सडक मर्र्मत, कालोपत्रे, कल्भर्ट निर्माण, सिंचाई, पोखरी, सडक पुल, ढल निकास, विद्यालय भवन मर्मत, नगरपालिका कार्यालयको भवन निर्माण, वर्थिङ सेन्टर, स्वास्थ्य÷उपस्वास्थ्य चौकी मर्मत, सौर्य सडक बत्ती जडान लगायतका काम सम्पन्न भएको बताए । यस आर्थिक वर्षमा वडा र नगर स्तरीय गरी २ सय ९८ वटा योजना परेकोमा २ सय ७८ वटा योजना मात्र सम्पन्न भए भने २० वटा योजना सम्पन्न हुन सकेनन् । 

अहिले विर्तामोड नगरपालिकाले ८४ वटा स्थानमा दमकल सेवा दिइरहेको छ भने यस आर्थिक वर्षमा १ सय ७८ वटा छाडा कुकुरको बन्ध्याकरण गरिएको छ । 

कार्यक्रममा नेपाली कांग्रेसका रामलाल उप्रेती, नेकपा एमालेका ज्ञानुराम प्रसाईं, नेकपा–माओवादीका मोहन उप्रेती,  राप्रपा नेपालका नगर अध्यक्ष शङ्कर रिजाल, फोरम लोकतान्त्रिकका रामु सिंह लगायतले जिज्ञासा राखेका थिए । अधिकृत पदमलाल घिमिरले कार्यक्रमको औचित्य माथि प्रकाशसहित स्वागत गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो