२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विर्तामोड नगरपालिकाको योजना समीक्षा गरियो

२०७३, २७ कार्तिक शनिबार ०२:३५

कत्तिक २७, विर्तामोड । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७२/०७३ मा सम्पन्न भएका योजनाहरुको समीक्षा गरेको छ । शुक्रबार विर्तामोडमा आयोजित एक भेलाका बीच समीक्षा गरिएको हो । 

नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा नगर क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि, एकीकृत योजना तर्जुमा समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

यस आर्थिक वर्षमा १५ जनाको पाठेघरमा भएको क्यान्सरको शल्यक्रिया गरिएको, एकीकृत सम्पत्ति कर लागु गरिएको, बर्थिङ सेन्टर स्थापना गरिएको, ४ वटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको र कृषिथोक बजारमा विषादी परिक्षण प्रयोगशाला स्थापना गरिएको विषयलाई नगरपालिकाले प्रमुख उपलब्धि मानेको छ । 

यस आर्थिक वर्षमा नगरको कुल बजेट १६ करोड ५१ लाख ८५ हजार रुपैयाँ रहेकोमा १४ करोड ६३ लाख ८६ हजार रुपैयाँ खर्च भयो । त्यस्तै, सामाजिक सुरक्षा भत्तातर्फ ४ हजार २ सय ६६ जनालाई २ करोड ४८ लाख २३ हजार रुपैयाँ वितरण गरियो । त्यस्तै, १४ लाख ६३ हजार रुपैयाँ फ्रिज भएको जनाइएको छ । 

आगामी आर्थिक वर्ष ०७३/०७४ मा ४ हजार ४ सय ६१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने तथ्याङ्क बताउँछ । 

कार्यक्रममा नगरपालिकाले गरेको भौतिक प्रगति बारे जानकारी दिँदै कर्मचारी प्रेम दाहालले यस आर्थिक वर्षमा सडक मर्र्मत, कालोपत्रे, कल्भर्ट निर्माण, सिंचाई, पोखरी, सडक पुल, ढल निकास, विद्यालय भवन मर्मत, नगरपालिका कार्यालयको भवन निर्माण, वर्थिङ सेन्टर, स्वास्थ्य÷उपस्वास्थ्य चौकी मर्मत, सौर्य सडक बत्ती जडान लगायतका काम सम्पन्न भएको बताए । यस आर्थिक वर्षमा वडा र नगर स्तरीय गरी २ सय ९८ वटा योजना परेकोमा २ सय ७८ वटा योजना मात्र सम्पन्न भए भने २० वटा योजना सम्पन्न हुन सकेनन् । 

अहिले विर्तामोड नगरपालिकाले ८४ वटा स्थानमा दमकल सेवा दिइरहेको छ भने यस आर्थिक वर्षमा १ सय ७८ वटा छाडा कुकुरको बन्ध्याकरण गरिएको छ । 

कार्यक्रममा नेपाली कांग्रेसका रामलाल उप्रेती, नेकपा एमालेका ज्ञानुराम प्रसाईं, नेकपा–माओवादीका मोहन उप्रेती,  राप्रपा नेपालका नगर अध्यक्ष शङ्कर रिजाल, फोरम लोकतान्त्रिकका रामु सिंह लगायतले जिज्ञासा राखेका थिए । अधिकृत पदमलाल घिमिरले कार्यक्रमको औचित्य माथि प्रकाशसहित स्वागत गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह