हेम चन्द्र राई | दुबई - २५ नोभेम्बर | वैदेशिक रोजगारीको क्रममा आफ्नो आफन्त, परिवार, समुदाय छोडेर युएईमा आएको किरात राई वम्बुले राईहरुको क्षेत्रीय कार्यसमिति युएई समाजको नियम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हेम चन्द्र राई | दुबई - २५ नोभेम्बर | वैदेशिक रोजगारीको क्रममा आफ्नो आफन्त, परिवार, समुदाय छोडेर युएईमा आएको किरात राई वम्बुले राईहरुको क्षेत्रीय कार्यसमिति युएई समाजको नियम"/>

२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वम्बुले राई क्षेत्रीय कार्यसमिति युएई बैठक सम्पन्न

२०७३, ११ मंसिर शनिबार ०३:१३

हेम चन्द्र राई | दुबई – २५ नोभेम्बर | वैदेशिक रोजगारीको क्रममा आफ्नो आफन्त, परिवार, समुदाय छोडेर युएईमा आएको किरात राई वम्बुले राईहरुको क्षेत्रीय कार्यसमिति युएई समाजको नियमित बैठक दुबई इमिरेट्स स्थित जावेल पार्क सम्पन्न भएको छ । आफ्नो भाषा, रितिरिवाज, कला सस्कारको प्रवासमा बसेर सङ्ग्रक्षण, सम्बर्द्धन तथा प्रवासमा रहँदा आईपर्ने समस्यामा हातेमालो गरेर एकअर्कालाई सरसहयोग गर्ने उद्देश्यले स्थापना भएको सो समितिको बैठक अध्यक्ष दिपक राईको अध्यक्षता बसेको थियो ।

बैठकमा युएई स्थित अबुधावी, दुबई, सार्जा इमिरेट्सको पदाधिकारीहरुको उपस्थितिमा बैठकले नेपालमा मिर्गौला पीडित थाक्ले ५ हिलेपानी ओखलढुंगा निवासी ४० बर्षका दमन सिंह राईलाई नेपाल टेलिभिजनमा कार्यरत पत्रकार तथा वम्बुले राई समाज नेपालको अध्यक्ष गजुर्धन राईको हात बाट तिरानब्बे हजार ( ९३,००० ) रुपैया सहयोग प्रदान गरेको छ । उक्त रकम आर्थिक अवस्थाले कमजोर रहेका पीडित दमन सिङ राईलाई युएईमा विभिन्न कम्पनीमा छरिएर बसेका वम्बुले राईहरुले वम्रास नेपाल केन्द्र तथा युएई समाजको बिशेष पहलमा आर्थिक सहयोग सङ्कलन गरेर सहयोग प्रदान गरेको थियो ।

बैठकले आफ्नो भाषा, लिपिको बारेमा समिक्षा गर्दै निर्माणको लागि योजना गरिरहेको बहुउद्देश्यीय स्वालेवा पार्क ओखलढुंगामा निर्माण हुन लागेको पार्कको सहयोग सङ्कालन गर्ने, आगामी दिनमा भावी सन्ततिलाई वम्बुले राई भाषा, सस्कृती, कला सस्कारलाई बचाउदै उनीहरुको काधमा सुम्पनु पर्ने विभिन्न निर्णय सहित बैठक सम्पन्न भएको छ । बिस २०५४ सालमा स्थापना भएको वम्बुले राई समाज ( वम्रास ) नेपालको क्षेत्रीय कार्यसमिति युएईको स्थपना सन २०१० मा भएको थियो । तत पश्चात् वम्रास युएई समाजले आफ्नो समुदाय, पीडित प्रवाशी नेपाली, रितिरिवाज, कला सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विभिन्न सामाजिक सहयोग काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो