हेम चन्द्र राई | दुबई - २५ नोभेम्बर | वैदेशिक रोजगारीको क्रममा आफ्नो आफन्त, परिवार, समुदाय छोडेर युएईमा आएको किरात राई वम्बुले राईहरुको क्षेत्रीय कार्यसमिति युएई समाजको नियम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हेम चन्द्र राई | दुबई - २५ नोभेम्बर | वैदेशिक रोजगारीको क्रममा आफ्नो आफन्त, परिवार, समुदाय छोडेर युएईमा आएको किरात राई वम्बुले राईहरुको क्षेत्रीय कार्यसमिति युएई समाजको नियम"/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वम्बुले राई क्षेत्रीय कार्यसमिति युएई बैठक सम्पन्न

११ मंसिर २०७३, शनिबार ०३:१३

हेम चन्द्र राई | दुबई – २५ नोभेम्बर | वैदेशिक रोजगारीको क्रममा आफ्नो आफन्त, परिवार, समुदाय छोडेर युएईमा आएको किरात राई वम्बुले राईहरुको क्षेत्रीय कार्यसमिति युएई समाजको नियमित बैठक दुबई इमिरेट्स स्थित जावेल पार्क सम्पन्न भएको छ । आफ्नो भाषा, रितिरिवाज, कला सस्कारको प्रवासमा बसेर सङ्ग्रक्षण, सम्बर्द्धन तथा प्रवासमा रहँदा आईपर्ने समस्यामा हातेमालो गरेर एकअर्कालाई सरसहयोग गर्ने उद्देश्यले स्थापना भएको सो समितिको बैठक अध्यक्ष दिपक राईको अध्यक्षता बसेको थियो ।

बैठकमा युएई स्थित अबुधावी, दुबई, सार्जा इमिरेट्सको पदाधिकारीहरुको उपस्थितिमा बैठकले नेपालमा मिर्गौला पीडित थाक्ले ५ हिलेपानी ओखलढुंगा निवासी ४० बर्षका दमन सिंह राईलाई नेपाल टेलिभिजनमा कार्यरत पत्रकार तथा वम्बुले राई समाज नेपालको अध्यक्ष गजुर्धन राईको हात बाट तिरानब्बे हजार ( ९३,००० ) रुपैया सहयोग प्रदान गरेको छ । उक्त रकम आर्थिक अवस्थाले कमजोर रहेका पीडित दमन सिङ राईलाई युएईमा विभिन्न कम्पनीमा छरिएर बसेका वम्बुले राईहरुले वम्रास नेपाल केन्द्र तथा युएई समाजको बिशेष पहलमा आर्थिक सहयोग सङ्कलन गरेर सहयोग प्रदान गरेको थियो ।

बैठकले आफ्नो भाषा, लिपिको बारेमा समिक्षा गर्दै निर्माणको लागि योजना गरिरहेको बहुउद्देश्यीय स्वालेवा पार्क ओखलढुंगामा निर्माण हुन लागेको पार्कको सहयोग सङ्कालन गर्ने, आगामी दिनमा भावी सन्ततिलाई वम्बुले राई भाषा, सस्कृती, कला सस्कारलाई बचाउदै उनीहरुको काधमा सुम्पनु पर्ने विभिन्न निर्णय सहित बैठक सम्पन्न भएको छ । बिस २०५४ सालमा स्थापना भएको वम्बुले राई समाज ( वम्रास ) नेपालको क्षेत्रीय कार्यसमिति युएईको स्थपना सन २०१० मा भएको थियो । तत पश्चात् वम्रास युएई समाजले आफ्नो समुदाय, पीडित प्रवाशी नेपाली, रितिरिवाज, कला सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विभिन्न सामाजिक सहयोग काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल