बिष्णु सापकोटा | पुस ४, बेल्जियम । नेपाली दुताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगाएत बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ(संस्थाहरु बिच छलफल तथा अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिष्णु सापकोटा | पुस ४, बेल्जियम । नेपाली दुताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगाएत बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ(संस्थाहरु बिच छलफल तथा अन्"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली दूतावास तथा एनआरएन बेल्जियमद्वारा अन्तरक्रिया सम्पन्न

४ पुष २०७३, सोमबार ०२:२९

बिष्णु सापकोटा | पुस ४, बेल्जियम । नेपाली दुताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगाएत बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ(संस्थाहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम लुभेनको ओन्जहाउस को सभा हलमा आइतबारका दिन  सम्पन्न भएको छ ।

नेपाली दुताबास ब्रसेल्स का नव नियुक्त राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रमा नेपाली दुतावासका प्रथम सचिव ललिता शिलवाल एवं गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का सचिव अर्जुन कुमार श्रेष्ठ बिशिष्ठ अतिथि, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदकि महिला उपसंयोजक रजनी प्रधान आईसीसी सदस्य चिजकुमारश्रेष्ठ साथै बेल्जियम रहेका जातीय, क्षेत्रीय, बैचारिक, सामाजिक, धार्मिक गरि करिव ४० संघ(सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै राजदुत थापाले बेल्जियममा रहेका नेपाली संघ संस्था हरु संग कसरी समन्वय, सहकार्य गरि कसरी अगाडी बढ्न सकिन्छ भन्ने पाच वटा अवधारणा प्रस्तुत गरेका थिए ।  बिभिन्न संघ(संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुले राखेका जिज्ञाशा, सुझाव(सल्लाह लगाएत टिप्पणी हरुको बारेमा राजदुत थापाले प्रष्ट पारेका थिए ।

गैर आवासीय नेपाली संघ बेल्जियम का अध्यक्ष गंगाधर गौतमले सभापतिको आसनबाट बोल्दै बिभिन्न बिषय हरुमा भएको छलफल तथा अन्तरक्रिया मार्फत उठेका बिषय बस्तु ले सामुहिक प्रतिबद्धता जाहेर गरेमा सबैको समान दायित्व र समदुरी समक्ष भएर अगाडी बढ्न प्रेरणा मिलेको र एनआरएन बेल्जियम सदैव नेपाल र नेपालीको साझा सवाल साथै पर्यटन प्रवर्धन, कला सस्कृति मार्फत नेपाल र नेपाली लाई चिनाउन सदैव हातेमालो गर्ने बताएका थिए ।


एनआरएन तथा बेल्जियममा रहेका  नेपाली संघ(संस्था हरु संग दुतावास ले गरेको यस्तो किसिमको छलफल तथा अन्तरक्रिया कार्यक्रम पहिलो पटक भएको प्रसंशा गर्दै नव नियुक्त राजदुत बाट उहाको कार्यकाल मा  धेरै सकारात्मक कार्यहरुको अपेक्षा गरेको सहभागी हरुले बताएका छन । साथै नेपाली दुतावास बेल्जियम का राजुत लोक बहादुर थापाले नेपालको भिषा प्रक्रियामा हुने ढिलाई को बारेमा उठेको प्रश्न को जवाफमा दुतावासले अव देखि एक दिनमै भिषा प्राप्त गर्न सकिने व्यवस्था समेत मिलाउने  जानकारी गराएका थिए भने उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव लोक दाहाल ले संचालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही