बिजय थापा/पूस ७, वाशिंगटन डीसी l अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय थापा/पूस ७, वाशिंगटन डीसी l अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो क"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा राजदूत कार्कीलाई नासोले लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापनपत्र बुझायो

२०७३, ७ पुष बिहीबार ०३:१३

बिजय थापा/पूस ७, वाशिंगटन डीसी l अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो कम्यूनिटी )अमेरिका लगायत अन्य संघ संस्थाको पहलमा दिसम्बर २१ तारीख नेपाली राजदुताबासलाई लक्ष्मी परियारको हत्या सम्बन्धमा  ज्ञापन–पत्र बुझाएको छ l

नेपालमा जातीय विभेदको आडमा भइरहेको श्रृंखलाबद्ध घटनाहरु यथाशिघ्र रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराउंदै लक्ष्मी परियार हत्या प्रकरण सम्बन्धमा ज्ञापन पत्र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की(बिद्या वारिधि ) लाई बुझाईएको छ l

सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियार, २०७३ मङ्सिर २० गते स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरिएका कारण मङ्सिर २४ गते मृत्यु भएको घटनाले नासो कम्यूनिटी अमेरिका स्तब्ध भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरेको छ l

नासो कम्यूनिटी अमेरिकाले यस घटनालाई जातीय विभेदको आडमा भएको मानवता विरुद्धको घोर अपराधको रुपमा लिएको जनाएको छ l

उक्त ज्ञापन पत्रमा एउटी दलित महिला माथि यति अमानवीय, क्रुर र बर्बर घटना हुनु अत्यन्त निन्दनीय छ । यसले राष्ट्रिय र अन्तराष्ट्रिय कानुनको खिल्ली उडाएको छ भनी राजदूत मार्फ़त प्रधानमन्त्री पुष्पकमल दाहाल लाई संबोधन गर्दै ज्ञापन पत्र राजदूतलाई बुझाइएको हो । 

दलित तथा उत्पीडित समुदाय माथि श्रृंखलाबद्ध विभेद र हत्याले राज्यको उदाशिनताको वोध गर्दछ । जनताको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनबाटै घटनाको ढाकछोप गरीनुले विधिको शाशन माथि प्रश्न उठेको भन्दै यस्ता घटनामा नेपाल सरकार गम्भीर होस भनी ध्यानाकर्षण गराएको छ l

घटनामा संलग्न दोषिहरुलाई कार्वाही प्रक्रिया अगाडि नबढाउनु राज्यको चरम लाचारीपना हो । र  घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको हामी जोडदार माग गर्दछौं भनी ज्ञापन पत्रमा उल्लेख गरेको छ । 

साथै, पिडित वस्तीमा डर, त्राश र प्रमाण मेटाउन अन्य अर्को अपराधिक घटना हुने प्रवल साम्भावना रहेको हुनाले, उक्त वस्तीमा शान्ति सुरक्षा कडा बनाईयोस् भनी नेपाल सरकारसंग जोडदार माग गर्दछौं भनी उल्लेख गरेको छ l

पिडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकको बाल बच्चाको संरक्षण ,बालबच्चाहरुको निशुल्क शिक्षा र सम्पुर्ण लालनपालनको ग्यारेन्टी हामी नेपाल सरकारसंग माग गर्दछौं भनेको छ l 

यसको साथै संयुक्त राजनीतिक दलित संङघर्ष समिति र दलित नागरिक समाज लगायत विभिन्न अधिकारिकर्मी संघ संस्थाहरुले गरेको आन्दोलन र मागहरु प्रति नासो कम्यूनिटी अमेरिका ऐक्यबद्धता जनाउंदै उक्त मागहरु पुरा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउंदछौं भनी ज्ञापन पत्रमा जनाएको छ l 

लक्ष्मी परियारमाथि भएको क्रुर, बर्बर र अमानवीय व्यवहारलाई ढापछोप गरी उल्टै झुठामुद्दामा ६ हजार रुपैयां पीडक पक्षलाई तिर्नुपर्ने भन्दै कागज गराउने प्रहरी अधिकारीलाई तत्काल कारवाही गरियोस् । राजनीतिक तथा आर्थिक प्रलोभन र प्रभावमा पारी यस घटनामा दोषि छुट्ने र निर्दोषलाई फसाउने नियत देखिएकोले हिरासतमा रहेका आरोपितहरुलाई निस्पक्ष सुनुवाइको व्यवस्था गर्न हामी माग गर्दछौं भनी ज्ञापन पत्र नेपाल सरकारलाई राजदूत मार्फ़त हस्तांतरण गरेको छ 

यस घटना लगायत जातीय विभेद र मानव अधिकार उल्लंघनका घटनाहरुमा नेपाल सरकार गम्भीर नभए नासो कम्यूनिटी अमेरिका लगायत प्रवासमा रहेका संघ संस्थाहरु विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा दबाब र आन्दोलन गर्न बाध्य हुनेछौं भनी ध्यानाकर्षण समेत गराएको छ l

राजदुताबासमा  ज्ञापन पत्र बुझाउन ऐक्यबद्धता देखाउने संघ तथा संस्थाहरुमा नासो कम्यूनिटी अमेरिका, केन्द्रीय समिति अध्यक्ष,गोपाल विश्कर्मा,नासो कम्यूनिटी अमेरिका, न्युयोर्क च्याप्टर रायन लाम्गादे ,दलित अधिकारका लागि अन्तराष्ट्रिय आयोगका डि.बि. सागर विश्वकर्मा ,बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका का अध्यक्ष कुलमणि आचार्य ,गैरआवसीय नेपाली संघ, मेरिल्याण्ड ,अन्तराष्ट्रिय नेपाली साहित्य समाज,  मेरिल्याण्ड  ,कास्की समाज, अमेरिका ,म्याग्दी समाज, अमेरिका मोदीकाली समाज, अमेरिका तमु समाज, मेरिल्याण्ड रहेका थिए 

यसै गरि नासो कम्यूनिटी अमेरिकाका पूर्व अध्यक्ष धरम बिश्वकर्मा ,डीसी महानगर क्षेत्र अन्य ब्यक्तिहरुमा धनु नेपाली ,पूर्ण सिंह बराईली ,दिलीप नेपाली तथा बिष्णु बिश्वकर्मा समेत ज्ञापन पत्र बुझाउन गएका थिए 

ज्ञापन पत्र बुझाए पछि राजदूत कार्कीले नेपाल सरकारलाई यो कुराको जानकारी गराउने बताएका थिए l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह