Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ८ चैत्र आईतवार
काठमाडौँ - KTM

एनआरएनए अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जिनियामा (तस्बीर सहित )

२०७३, १० पुष आईतवार १३:२०


पुस १०, दार ए सलाम । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा शनिबारबाट शुरु भएको छ । 
एक नेपालीको व्यवसायीको दार ए सलामस्थित रेस्टुरेन्टमा जारी बैठकको दोस्रो दिन अफ्रिका रहेका नेपालीहरुको अवस्था, नेपाल सरकारको उपस्थिति, नेपाल र अफ्रिकी मुलुकहरुबीच पर्यटन क्षेत्रको सहकार्यको संभावना, यहाँ काम गर्दै आएका नेपालीहरुको सुरक्षा र मानव तस्करीहरुले नेपालीलाई अलपत्र पार्ने घटनाको रोकथामसहितको विषयमा छलफल हुनेछ । यसैगरी शनिबार नै एनआरएनएका प्रमुख सरक्षक जीवा लामिछानेको किताब सरसर्ती संसारको अफ्रिकामा बिमोचन कार्यक्रम पनि हुनेछ ।
यस अघि शुक्रबार साँझ दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले सरकारको सिमित स्रोत र साधनको कारण सबै स्थानमा बराबरीको उपस्थिति गर्न नसक्ने भएपछि समस्या पर्दा सहयोग गर्न तत्पर रहेको बताए ।
उनले सबै नेपाली नेपालको सद्भवनादूत भएको बताए । कार्यक्रममा संरक्षक लामिछाने, एनआरएनएका अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष कुमार पन्त, कोषाध्यक्ष हिक्मत थापा, सदस्य अर्जुन कार्की, एनआरएनए अफ्रिकाका संयोजक सुनिल कार्की, तान्जानिया अध्यक्ष रोशन थापा, जाम्बियाका अध्यक्ष विदुर खनाल, पत्रकार सुवास ढकालसहितले कार्यक्रमलाई सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरु र नेपालीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
दार ए सलाम घोषणा पत्र जारी गर्दै बैठक शनिबार नै सम्पन्न हुने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह