Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

एनआरएनए अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जिनियामा (तस्बीर सहित )

१० पुष २०७३, आईतवार १३:२०


पुस १०, दार ए सलाम । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा शनिबारबाट शुरु भएको छ । 
एक नेपालीको व्यवसायीको दार ए सलामस्थित रेस्टुरेन्टमा जारी बैठकको दोस्रो दिन अफ्रिका रहेका नेपालीहरुको अवस्था, नेपाल सरकारको उपस्थिति, नेपाल र अफ्रिकी मुलुकहरुबीच पर्यटन क्षेत्रको सहकार्यको संभावना, यहाँ काम गर्दै आएका नेपालीहरुको सुरक्षा र मानव तस्करीहरुले नेपालीलाई अलपत्र पार्ने घटनाको रोकथामसहितको विषयमा छलफल हुनेछ । यसैगरी शनिबार नै एनआरएनएका प्रमुख सरक्षक जीवा लामिछानेको किताब सरसर्ती संसारको अफ्रिकामा बिमोचन कार्यक्रम पनि हुनेछ ।
यस अघि शुक्रबार साँझ दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले सरकारको सिमित स्रोत र साधनको कारण सबै स्थानमा बराबरीको उपस्थिति गर्न नसक्ने भएपछि समस्या पर्दा सहयोग गर्न तत्पर रहेको बताए ।
उनले सबै नेपाली नेपालको सद्भवनादूत भएको बताए । कार्यक्रममा संरक्षक लामिछाने, एनआरएनएका अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष कुमार पन्त, कोषाध्यक्ष हिक्मत थापा, सदस्य अर्जुन कार्की, एनआरएनए अफ्रिकाका संयोजक सुनिल कार्की, तान्जानिया अध्यक्ष रोशन थापा, जाम्बियाका अध्यक्ष विदुर खनाल, पत्रकार सुवास ढकालसहितले कार्यक्रमलाई सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरु र नेपालीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
दार ए सलाम घोषणा पत्र जारी गर्दै बैठक शनिबार नै सम्पन्न हुने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ