हेम चन्द्र राई | पुस १२, युएई | सुनकोसी, दुध कोशी र बादुरा खोलाले छेकेर उत्तरमा ओखलढुंगा जिल्ला, दक्षिणमा सोरुङ छबिसे गाबिस, पुर्वमा खोटाङ र पश्चिममा सिन्धुली जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | पुस १२, युएई | सुनकोसी, दुध कोशी र बादुरा खोलाले छेकेर उत्तरमा ओखलढुंगा जिल्ला, दक्षिणमा सोरुङ छबिसे गाबिस, पुर्वमा खोटाङ र पश्चिममा सिन्धुली जि"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक संजालबाट लेखानीवाशीले समिति गठन गरे

१२ पुष २०७३, मंगलवार ०३:१८

हेम चन्द्र राई | पुस १२, युएई | सुनकोसी, दुध कोशी र बादुरा खोलाले छेकेर उत्तरमा ओखलढुंगा जिल्ला, दक्षिणमा सोरुङ छबिसे गाबिस, पुर्वमा खोटाङ र पश्चिममा सिन्धुली जिल्लाले घेरिएको रहेको एउटा गाबिस हो लेखानी । बिकासको नाममा मिर्चैया ओखलढुंगा सडक खण्ड ८८ किलोमीटरको सिद्दिचरन राजमार्ग बाहेक अरु छैन । मगर बाहुल्यता रहेको उक्त क्षेत्रमा वम्बुले राईको उल्लेख बसोबास रहेको छ । यसका साथै ब्रह्माण्ड, न्यावार, दलित, गिरि, भुजेल आदि जातिको बसोबास उल्लेख्य छन । बिकासले पछि परेको उक्त क्षेत्रमा बस्ने स्वदेश तथा बिदेशमा रहेको लेखानीवाशीहरुले सामाजिक संजाल मार्फत " साझा समाज लेखानी " नामक समिती गठन गरेका छन । " हाम्रो गाउँ आफैं बनाउ " महत्त्वपूर्ण नाराको साथ समितिको गठन भएको हो । 

बिशेष गरि लेखानीमा रहेको एकमात्रै श्री चन्द्रावाती उच्च माध्यमिक बिधालय लेखानीलाई आर्थिक सहयोग सङ्कलन गरि आधुनिक पुस्तकालय निर्माणका परिकल्पना सस्थापक सल्लाहकार हेम चन्द्र राईले गरेका हुन । आर्थिक तथा सामाजिक हिसाबले गाबिस धेरै पछि रहेकोले गाबिसमा हुने हरेक सामाजिक, आर्थिक परिवर्तन तथा स्वदेश तथा बिदेशमा रहेको आम लेखानीवाशी दाजुभाइ, दिदिबहिनी तथा आमाबुबा सम्पुर्ण बुद्धिजीवी अग्रजसँग सम्मन्वय कायम राख्दै सामाजिक सद्भाव कायम राख्ने उदेश्यबाट समितिको निर्माण गरिएको निर्वाचित मलेशिया रहेका अध्यक्ष पेशल खप्तरी मगरले जनाए । अशिक्षाको कारण आज धेरै लेखानी वाशी मलेसिया, गल्फमा रहेका छन् ती सबैमा दक्षता अभावमा धेरै चुनौती झेल्दै वैदेशिक रोजगारीमा जानुको विकल्प अर्को छैन । चउमावी लेखानीमा पढेर हाल स्वदेशका विभिन्न निजामती कर्मचारी, अध्ययन, वैदेशिक रोजगारीमा रहेको सम्पुर्ण लेखानी वाशीलाई समेटी समिती गठन गरिएको छ । 

समितीले छिटै आफ्नो सामाजिक काम सन्चालन गरेर आगामी दिनमा समितीको महत्त्वलाई अझै प्रष्ट पार्ने बहराइनमा कार्यरत क्षेत्र बहादुर मगरले जानकारी दिए । पेशल खप्तरी मगरको अध्यक्षतामा १९ सदस्यीय समिति, ५ सदस्यीय सल्लाहकार, ६ सदस्यीय मुलुक प्रमुख तोकेर समितिको गठन गरिएको छ । 

समितीको पदाधिकारीहरु:

१. अध्यक्ष : पेशल खप्तरी मगर – मलेशिया 

२. उपाध्यक्ष : कृष्ण बहादुर मगर – मलेसिया 

३. उपाध्यक्ष : अनुपमा मगर – नेपाल 

४. सचीव : सम्भु कुमार राई  - मलेशिया 

५. सह सचीव : हेमन्त राना मगर – नेपाल 

६. सह सचीव : राम बहादुर दास – मलेसिया 

७. कोष अध्यक्ष : कोलम प्याकुरेल – नेपाल 

८. सह कोष अध्यक्ष : देव नारायण राजभण्डारी – मलेसिया 

सदस्यहरु

९. कृष्ण रपाल – साउदी अरब 

१. सुसिला श्रेष्ठ – नेपाल 

११. यज्ञ बहादुर थापा – मलेसिया 

१२. भुपन चन्द्र राई – युएई 

१३. कर्ण बहादुर खुलाल – मलेसिया 

१४. फर्स बहादुर भुजेल – मलेसिया 

१५. प्रेम बहादुर मगर  - मलेसिया 

१६. दयराम राई – साउदी अरब

१७. भरत थापा मगर – कतार 

१८. क्षेत्र बहादुर मगर – बहराइन 

१९. मोहन प्रसाद ढुङ्गना – मलेसिया 

सल्लाहकार समिती 

१. सस्थापक सल्लाहकार – हेम चन्द्र राई – युएई 

२. सल्लाहकार – भुपाल कालिकोटे – कतार 

३. सल्लाहकार – सुबास खनाल – चउमावी 

४. सल्लाहकार – खेम मगर – क्यानडा 

५. सल्लाहकार – सिर्जना राई – नेपाल 

मुलुक प्रमुख 

१. कोमल प्याकुरेल – नेपाल 

२. भरत थापा मगर – कतार 

३. दयराम राई – साउदी अरब 

४. कृष्ण बहादुर मगर – मलेसिया 

५. क्षेत्र बहादुर मगर – बहराइन 

६. भुपन चन्द्र राई – युएई  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ