३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेक्सासमा एचडिएनपीले १६औ पटक घरबारबिहिनलाई फलाहार सहित खाना खुवायो

१८ पुष २०७३, सोमबार ०२:०३


विजय थापा/पुस १८, वाशिंगटन डीसी । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत आइतबार दिसम्बर ३१ तारिख युनिटी पार्कमा घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई फलाहार सहित भोजन गराएको छ ।

झन्डै चार सय जनालाई फलाहार ,स्वास्थ्य, स्वादिस्ट खाना तथा अन्य पौष्टिक आहार आदि खुवाएको छ । एचडीएनपी इन्टरनेसनल उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जीविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हरेक ३ महिनामा यस्ता अशक्त, घरबार बिहिन तथा मागेर जिविको पार्जन गर्नेलाई खुवाउने अन्तर्गत २०१६ को अन्तिम दिन दिसम्बर ३१ तारिख सामूहिक भोजन गराईएको संस्थाका अध्यक्ष देवी डेविड आचार्यले बताए ।

हरेक त्रैमासिक रुपमा खाना खुवाउन पर्ने र यस्को लागि अर्थ पनि संकलन गर्नु पर्ने भएकोले प्रायोजन गर्न ईक्षा राख्ने सबैमा अनुरोध समेत आचार्यले गरेका छन् l संस्थाले नेपालको पशुपतिनाथमा घरवार बिहीन,मागेर हिड्ने तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ ।


यसको अतिरिक्त एचडीएनपी इन्टरनेसनलले उनीहरुको स्वास्थ्य उपचार तथा लुगा कपडाहरु समेत उपलब्ध गराउदै आएको छ l  हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’