विजय थापा/पुस १८, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति बिनोद चौधरीले ठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/पुस १८, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति बिनोद चौधरीले ठ"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्बपति बिनोद चौधरीले मेरिल्याण्डलाई ठुलो बुद्धको मुर्ति दिने

१८ पुष २०७३, सोमबार ०५:५०


विजय थापा/पुस १८, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति बिनोद चौधरीले ठुलो बुद्धको प्रतिमा दिने भएका छन् l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र(एनईसीसी )का सभापति खिलेन्द्र न्यौपाने ले एक सार्बजनिक सूचना दिदै उक्त जानकारी दिएका छन् l नयाँ बर्ष २०१७ को शुभ अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको मुर्ति नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई दिने निर्णय गरेको बताईएको छ l उक्त बुद्धको मुर्ति ३ महिना भित्र बनि सक्ने छ भने बुद्ध जयन्तिको अवसरमा पशुपति बुद्ध मन्दिरले बौद्ध भेलाको आयोजना गर्ने छ l उक्त भेलाको लागि नेपाल बाट वरिष्ठ रिम्पोचे (बौद्ध गुरु ) मगाउने समेत आज बसेको एनईसीसीको बैठकले निर्णय गरेको सभापति नेउपानेले बताए l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा रहेको करीब ७६ रोपनी जग्गामा लुम्बिनी बगैचाको निर्माण गरिने र उक्त मुर्ति उद्यान बीचमा राखिने योजना समेत रहेको छ l यो अद्वितीय कार्यको पहल मेरिल्याण्ड तथा पेन्सिल्भानिया का लागि नेपाल सरकारका महा बाणिज्य दूत प्रेम राजा महतले गरेका हुन् l एनईसीसीका सभापति न्यौपानेले एक पटक महतलाई सबै समुदाय तथा आफ्नो तर्फ बाट बिशेष कृतज्ञता ज्ञापन गरेका छन l र यो ऐतिहासिक कार्य भएकोले सबैले महा बाणिज्य दुतलाई धन्यवाद दिनु पर्ने कुरा उल्लेख गरेका छन् l

उद्योगपति चौधरीले मुर्ति बनाउन भारतमा समेत आदेश गरि सकेको न्यौपानेले जानकारी दिएका छन् l एनईसिसि द्वारा प्रकाशित सार्बजनिक सूचना अनुसार सन् २०१६ मा एनईसीसी ले आयोजना गरेको देउसी भैलोमा नेपालका ख्याती प्राप्त कलाकार महजोडीले साथ दिदा करिब ४४ हजार डलर संकलन भएको समेतलाई उपलब्धि मान्नु पर्छ सभापति न्यौपानेले भने l

उनले कसरी यो समुदायको सम्पतिलाई प्रबर्धन तथा सम्बर्धन गर्न सकिन्छ भन्ने कुरामा आफु चिन्तीत रहेको बताए l दोश्रो पुस्ताले हाम्रो कला ,परम्परा तथा संस्कृतिलाई जान्न सकुन र यस प्रति उनीहरुको लगाव होस् आफ्नो चाहना रहेको समेत बताए l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लाई पर्यटकीय स्थल बनाउने समेत लक्ष्य रहेको छ l गत बर्ष पशुपति बुद्ध मन्दिरमा लगाइएको एकाह पुराणमा उप प्रधानमन्त्री कमल थापा तथा सांसद शसांक कोइराला समेतको सहभागिता रहेको थियो भने सन् २०१६ मा मात्र ६ पटक लाख बत्ति बाल्ने कार्यक्रम रहेको थियो l 

लुम्बिनी बगैचा बनाउने जिम्मेबारी परम्परागत बौद्ध धर्म संघ तथा समाज सेवी राम मालाकारको अगुवाईमा हुने भएको छ भने त्यसको संरक्षण तथा सम्बर्धन पनि बौद्ध धर्म संघले गर्ने भएको छ l

आर्थिक रुपमा नेउपानेको नेतृत्वले पशुपति बुद्ध मन्दिरलाई अत्यन्तै सवल तुल्याएको जानकारी गराउदै करिब १ लाख जति मर्मत संभार तथा अन्य कार्य गरेता पनि अझ एनईसीसी को खातामा ६१ हजार डलर मौज्दात रहेको बताए l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’