विजय थापा/पुस १८, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति बिनोद चौधरीले ठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/पुस १८, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति बिनोद चौधरीले ठ"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्बपति बिनोद चौधरीले मेरिल्याण्डलाई ठुलो बुद्धको मुर्ति दिने

२०७३, १८ पुष सोमबार ०५:५०


विजय थापा/पुस १८, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति बिनोद चौधरीले ठुलो बुद्धको प्रतिमा दिने भएका छन् l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र(एनईसीसी )का सभापति खिलेन्द्र न्यौपाने ले एक सार्बजनिक सूचना दिदै उक्त जानकारी दिएका छन् l नयाँ बर्ष २०१७ को शुभ अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको मुर्ति नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई दिने निर्णय गरेको बताईएको छ l उक्त बुद्धको मुर्ति ३ महिना भित्र बनि सक्ने छ भने बुद्ध जयन्तिको अवसरमा पशुपति बुद्ध मन्दिरले बौद्ध भेलाको आयोजना गर्ने छ l उक्त भेलाको लागि नेपाल बाट वरिष्ठ रिम्पोचे (बौद्ध गुरु ) मगाउने समेत आज बसेको एनईसीसीको बैठकले निर्णय गरेको सभापति नेउपानेले बताए l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा रहेको करीब ७६ रोपनी जग्गामा लुम्बिनी बगैचाको निर्माण गरिने र उक्त मुर्ति उद्यान बीचमा राखिने योजना समेत रहेको छ l यो अद्वितीय कार्यको पहल मेरिल्याण्ड तथा पेन्सिल्भानिया का लागि नेपाल सरकारका महा बाणिज्य दूत प्रेम राजा महतले गरेका हुन् l एनईसीसीका सभापति न्यौपानेले एक पटक महतलाई सबै समुदाय तथा आफ्नो तर्फ बाट बिशेष कृतज्ञता ज्ञापन गरेका छन l र यो ऐतिहासिक कार्य भएकोले सबैले महा बाणिज्य दुतलाई धन्यवाद दिनु पर्ने कुरा उल्लेख गरेका छन् l

उद्योगपति चौधरीले मुर्ति बनाउन भारतमा समेत आदेश गरि सकेको न्यौपानेले जानकारी दिएका छन् l एनईसिसि द्वारा प्रकाशित सार्बजनिक सूचना अनुसार सन् २०१६ मा एनईसीसी ले आयोजना गरेको देउसी भैलोमा नेपालका ख्याती प्राप्त कलाकार महजोडीले साथ दिदा करिब ४४ हजार डलर संकलन भएको समेतलाई उपलब्धि मान्नु पर्छ सभापति न्यौपानेले भने l

उनले कसरी यो समुदायको सम्पतिलाई प्रबर्धन तथा सम्बर्धन गर्न सकिन्छ भन्ने कुरामा आफु चिन्तीत रहेको बताए l दोश्रो पुस्ताले हाम्रो कला ,परम्परा तथा संस्कृतिलाई जान्न सकुन र यस प्रति उनीहरुको लगाव होस् आफ्नो चाहना रहेको समेत बताए l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लाई पर्यटकीय स्थल बनाउने समेत लक्ष्य रहेको छ l गत बर्ष पशुपति बुद्ध मन्दिरमा लगाइएको एकाह पुराणमा उप प्रधानमन्त्री कमल थापा तथा सांसद शसांक कोइराला समेतको सहभागिता रहेको थियो भने सन् २०१६ मा मात्र ६ पटक लाख बत्ति बाल्ने कार्यक्रम रहेको थियो l 

लुम्बिनी बगैचा बनाउने जिम्मेबारी परम्परागत बौद्ध धर्म संघ तथा समाज सेवी राम मालाकारको अगुवाईमा हुने भएको छ भने त्यसको संरक्षण तथा सम्बर्धन पनि बौद्ध धर्म संघले गर्ने भएको छ l

आर्थिक रुपमा नेउपानेको नेतृत्वले पशुपति बुद्ध मन्दिरलाई अत्यन्तै सवल तुल्याएको जानकारी गराउदै करिब १ लाख जति मर्मत संभार तथा अन्य कार्य गरेता पनि अझ एनईसीसी को खातामा ६१ हजार डलर मौज्दात रहेको बताए l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह