विजय थापापुस १९, वाशिंगटन डीसी l दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति )ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापापुस १९, वाशिंगटन डीसी l दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति )ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती

१९ पुष २०७३, मंगलवार ०२:४५

विजय थापापुस १९, वाशिंगटन डीसी l दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति )ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छ l गत दिसेम्बर २६ ,२०१६ तारिख एएनए संचालक समितिको बैठक को निर्णय अनुसार जनवरी ७ तारिख देखि लागु हुने गरि एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छापा बिज्ञप्तिमा जनाइएको छ l 

वर्तमान कार्यकारी समितिको कार्यकाल अवधि आगामी जनवरी ६ तारिखमा समाप्त हुने भएकोले जनवरी ७ तारिख देखि नै लागु हुने गरि एएनए बोर्ड अफ ट्रस्टी निर्णय गरेको छ l एएनए अन्तरिम कार्यकारी समितिले जनवरी ७ देखि काम अर्को चुनाबको व्यवस्था नहुन्जेल एएनए को बार्षिक सम्मेलन जुलाई ४ तारिख सम्म काम गर्ने जनाएको छ l 

एएनए संचालक समिति ले वर्तमान सभापति शम्भु  ढुंगाना तथा समितिलाई कुसल नेतृत्व प्रदान गर्न सफल भएकोमा धन्यवाद दिएको छ l  एएनए अन्तरिम कार्यकारी समितिले एएनए संचालक समितिको निर्देशन अनुसार काम गर्ने तथा अर्को चुनाब द्वारा नयाँ कार्यकारी समिति गठन नहुन्जेल काम गर्ने जनाएको छ l 

हरेक दुई बर्ष को जुन महिनामा निर्वाचन हुने गरेता पनि जनवरी २०१५ मा अदालत द्वारा एएनए संचालक समितिको नियुक्ति भएकोले उक्त कार्यकारी समितिको म्याद आगामी जनवरी ६ ,२०१७ मा समाप्त हुने छापा बिज्ञप्तिमा उल्लेख गरेको छ l 

यसै गरि निवर्तमान अध्यक्ष रोजर अधिकारी लाई एएनए संचालक समितिले संचालक समितिको सदस्यमा नियुक्त गरेको छ l उनको समय अवधि जनवरी ७ मा म्याद गुज्रिने हुन्छ भने वर्तमान अध्यक्ष शम्भु ढुंगाना एएनए संचालक समितिमा प्रवेस गर्ने छन l

उक्त एएनए संचालक समिति ( बोर्ड अफ ट्रस्टी ) सन् २०१५ मा स्थापित भएको हो भने गत बर्ष एएनए एटलान्टा सम्मेलनका साधारण सभाले अनुमोदन गरेको छापा बिज्ञप्तिमा जनाईएको छ l एएनए अन्तरिम कार्यकारी समितिमा सभापतिमा मेदिनी अधिकारी ,वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,संचार निर्देशकमा तुलसी जोशी ,समिति सदस्यमा विजय श्रेष्ठ तथा राजेन्द्र खतिवडा लाई नियुक्त गरिएको छ l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’