विजय थापा/माघ २३, वाशिंगटन डीसी l अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका  अन्तररा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/माघ २३, वाशिंगटन डीसी l अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका  अन्तररा"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापा अमेरिकाका लागि पर्यटन दूतमा नियुक्त

२०७३, २३ माघ आईतवार ०२:२६


विजय थापा/माघ २३, वाशिंगटन डीसी l अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका  अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्निका लागि पर्यटन दुतमा नियुक्त गरेको छ l 

नेपालको पर्यटन क्षेत्रमा थप योगदान पुर्याउन र नेपाललाई पर्यटन गन्तव्यको रुपमा विकास गर्नका लागि बोर्डले थापालाई पर्यटन दुतमा नियुक्त गरेको जनाएको छ l  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बोर्डले थापालाई गत साता पर्यटन दुतमा नियुक्त गरेको हो l 

थापा छोटो समयमा यहाँ सम्म पुग्ने मध्ये कै एक सफल नेपाली हुन्  l नेपालमा हुँदा २२ बर्ष भन्दा बढि आइटिएफ तेक्वान्दोमा रहेका थापा अमेरिकामा पनि खेलकुदमा त्यतिकै सक्रिय छन् l 

 समय व्यवस्थापन गर्दै खेलकुद सँगै थापाले अमेरिकामा नेपाली गीत ,संगीत तथा चलचित्रको प्रवर्धन तथा नेपाली कलालारका लागि अवसर सिर्जना गर्दै आइरहेका छन् l 

‘म पर्यटन दुत नियुक्त हुनु अगाडी पनि नेपालको प्रवर्धनका लागि खटिरहेको नै थिए शायद त्यसैको कदर स्वरुप मलाई पर्यटन दुतमा नियुक्त गरिएको होला थापाले भने l 

अब अझै योजनाबद्ध बनाएर नेपालको पर्यटनको प्रवर्धन मा लाग्छु ।अमेरिकामा हुने हरेक गतिविधि र विशेष गरि क्यालिफोर्निया क्षेत्रमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यका बारेमा छिट्टै नै जानकारी मुलक कार्यक्रमको आयोजना गर्ने योजना रहेको थापाले बताए l 

उनले अगाडी भने- अमेरिकाका स्थानिय बीच नेपालको कला संस्कृती, परम्परा तथा पर्यटनका हरेक विषयमा जानकारी गराउनका लागि प्रतिबद्ध रहेको थापाले बताए l 

विश्वका प्रमुख सूचना प्रविधिको मुख्यालय रहेको सिलिकन भ्यालीमा विश्वभरबाट पर्यटक पुग्ने गर्छन् l विश्वको प्रमुख गन्तव्य बनेको सिलिकन भ्यालीमा आउने पर्यटकलाई लक्षित गरेर नेपालको बारेमा जानकारी मात्र दिन सकियो भने पनि नेपाल पुगने पर्यटकको संख्या बढ्न सक्ने अपेक्षा रहेको थापाले बताए  l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन