विजय थापा/माघ २३, वाशिंगटन डीसी l अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका  अन्तररा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/माघ २३, वाशिंगटन डीसी l अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका  अन्तररा"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापा अमेरिकाका लागि पर्यटन दूतमा नियुक्त

२३ माघ २०७३, आईतवार ०२:२६


विजय थापा/माघ २३, वाशिंगटन डीसी l अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका  अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्निका लागि पर्यटन दुतमा नियुक्त गरेको छ l 

नेपालको पर्यटन क्षेत्रमा थप योगदान पुर्याउन र नेपाललाई पर्यटन गन्तव्यको रुपमा विकास गर्नका लागि बोर्डले थापालाई पर्यटन दुतमा नियुक्त गरेको जनाएको छ l  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बोर्डले थापालाई गत साता पर्यटन दुतमा नियुक्त गरेको हो l 

थापा छोटो समयमा यहाँ सम्म पुग्ने मध्ये कै एक सफल नेपाली हुन्  l नेपालमा हुँदा २२ बर्ष भन्दा बढि आइटिएफ तेक्वान्दोमा रहेका थापा अमेरिकामा पनि खेलकुदमा त्यतिकै सक्रिय छन् l 

 समय व्यवस्थापन गर्दै खेलकुद सँगै थापाले अमेरिकामा नेपाली गीत ,संगीत तथा चलचित्रको प्रवर्धन तथा नेपाली कलालारका लागि अवसर सिर्जना गर्दै आइरहेका छन् l 

‘म पर्यटन दुत नियुक्त हुनु अगाडी पनि नेपालको प्रवर्धनका लागि खटिरहेको नै थिए शायद त्यसैको कदर स्वरुप मलाई पर्यटन दुतमा नियुक्त गरिएको होला थापाले भने l 

अब अझै योजनाबद्ध बनाएर नेपालको पर्यटनको प्रवर्धन मा लाग्छु ।अमेरिकामा हुने हरेक गतिविधि र विशेष गरि क्यालिफोर्निया क्षेत्रमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यका बारेमा छिट्टै नै जानकारी मुलक कार्यक्रमको आयोजना गर्ने योजना रहेको थापाले बताए l 

उनले अगाडी भने- अमेरिकाका स्थानिय बीच नेपालको कला संस्कृती, परम्परा तथा पर्यटनका हरेक विषयमा जानकारी गराउनका लागि प्रतिबद्ध रहेको थापाले बताए l 

विश्वका प्रमुख सूचना प्रविधिको मुख्यालय रहेको सिलिकन भ्यालीमा विश्वभरबाट पर्यटक पुग्ने गर्छन् l विश्वको प्रमुख गन्तव्य बनेको सिलिकन भ्यालीमा आउने पर्यटकलाई लक्षित गरेर नेपालको बारेमा जानकारी मात्र दिन सकियो भने पनि नेपाल पुगने पर्यटकको संख्या बढ्न सक्ने अपेक्षा रहेको थापाले बताए  l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता