विजय थापा | माघ २७, वाशिंगटन डिसी | अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको  प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि  नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | माघ २७, वाशिंगटन डिसी | अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको  प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि  नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व प्रधानमन्त्रि केपी ओली अमेरिका आउने

२०७३, २७ माघ बिहीबार ०४:३६

विजय थापा | माघ २७, वाशिंगटन डिसी | अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको  प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि  नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर्व प्रधान मन्त्रि केपी शर्मा ओली आउने भएका छन् |

प्रमुख अतिथीका रुपमा पूर्व प्रधान मन्त्रि ओलीलाई प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसनमा निमन्त्रणा गरिएको छ | आगामी मार्च ३१ देखि अप्रिल २ सम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने मञ्चको अधिवेशनका लागि ओली आउन भएका छन् |

अमेरिकाको टेक्सास राज्यको ड्यालसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्चका सभापति थापाले प्रमुख अतिथि पूर्व प्रधान मन्त्रि ओली लगायत अन्य बिशेष व्यक्तिहरु पनि आउने जानकारी दिए |

दोश्रो अधिवेसन तीन दिन सम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घाटन, दोस्रो दिन बन्दशत्र र तेस्रो दिन नेतृत्व चयनका कार्यक्रमहरु राखिएको जानकारी पत्रकार भेटघाटमा दिइएको छ |

पत्रकार सम्मेलनमा अमेरिकाका ५० राज्यहरु मध्ये २२ राज्यहरुमा प्रवासी नेपाली मञ्चका सदस्यहरु रहेको जानकारी दिइएको थियो भने ।मञ्चका १५ राज्य समिति, चार क्षेत्रीय समिति रहेका समेत बताईएको छ | यसै गरि अधिवेशन तयारीका लागि १३ वटा विभाग गठन गर्नुका साथै १ सय १ सदस्यीय तयारी उपसमिति समेत गठन गरेको छ |

 स्थापना काल देखि नै सामाजिक सेवामा समर्पित संस्थाले समाजमा राम्रो काम गर्दै आएको जग जाहेर छ | मञ्चले समाज सेवा अन्तर्गत भुकम्प पीडितलाई राहत वितरण ,नेपाल मै छात्रवृत्ति दिने देखि लिएर अमेरिका आएकाहरुलाई बासको चाजो मिलाई दिने तथा रोजगारी अन्य क्षेत्रमा पनि हर कदम सहयोग गर्दै आएको छ । 

उक्त कार्यक्रममा वर्तमान अध्यक्ष संजय थापाले दोश्रो पटक नेतृत्वमा नआउने बताए भने साथीहरुलाई तयार रहन सुझाब दिएको बताए | स्थापना काल देखि राम्रो नेतृत्व प्रदान गर्दै आएका थापाले नेतृत्व न दोहोर्याउने भए पछि वर्तमान महा सचिव प्रभुराम थापा नेतृत्वमा जाने प्रवल सम्भावना रहेको बुझिएको छ |

वर्तमान महा सचिब थापा अध्यक्ष पदका लागि प्रत्याशी बने भने साथीभाईहरु संग सर्वसम्मति पनि बन्ने सम्भावना हुन सक्ने छ | थापा प्रष्ट वक्ता हुन् भने डीसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेका छन् | उनि संग अनुभव रहनु को साथै बाल्टिमोर स्थित बानाका पूर्व महा सचिव तथा हाल बानाका सल्लाहकार समेत रहेका थापा लायन्स क्लब अफ बाल्टिमोर नेप्लिज्का सदस्य प्रमुख समेत छन् |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन