विजय थापा/फागुन १३, वाशिंगटन डिसी l नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/फागुन १३, वाशिंगटन डिसी l नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l 
"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन सम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाद्वारा उद्घाटन हुने

२०७३, १३ फाल्गुन शुक्रबार ०४:२४

विजय थापा/फागुन १३, वाशिंगटन डिसी l नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l 

उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’ गठन गरिएको छ l 

एक दिवसीय उक्त सभाको लागि अमेरिकाका २८-३० वटा शाखाका पदाधिकारी ,केन्द्रिय कार्य समितिका पदाधिकारी ,सदस्यहरु ,सल्लाहकार ,शुभेक्क्षुक ,कांग्रेस दल संग आबद्ध रहेका सहित करिव ३ सय जना को सहभागी हुने अनुमान गरिएको छ l 

कार्यक्रम को उद्घाटन सत्र बिहान राखिएको छ भने उक्त ऐतिहासिक साधारण सभाको लागि कांग्रेस सभापति शेर बहादुर देउवा लगायत नेपाली कांग्रेसका अन्य नेताहरु समेत आउने भएका छन् l र ,सभापति देउवालाई अनुरोध गरिएको बताईएको छ l 

एक दिवसीय साधारण सभामा साँझ बन्द सत्र तथा अमेरिका मा रहेका प्रख्यात कलाकारहरु द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ l 

नेजस भर्जिनिया शाखाका सभापति रामशरण हुमागाईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने साधरण सभाका लागि आर्थिक संयोजकको जिम्मेवारी केन्दीय सदस्य गोपाल विश्वकर्मालाई दिइएको छ l 

केन्द्रिय साधारण सभा सम्पन्न गर्नाका लागि स्थानिय व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी नेजस, भर्जिनिया शाखाले जिम्मेबार बहन गर्ने भएको छ l सांस्कृतिक कार्यक्रमको संयोजकमा सुवास लामा ,बिधान संसोधन मसौदामा पिताम्बर भुषाल तथा प्रचार प्रसार विभाग प्रमुखमा गोकुल ढकाललाई जिम्मेबार दिइएको छ 

केन्द्रिय उपसभापति तथा ‘साधारण सभा मुल तयारी समिती’ का संयोजक केशब बरालले वर्तमान अमेरिकन राजनैतिक परिवर्तन संगै संस्थालाई कसरी अगाडी बढाउने ,सँस्था तथा शाखा को कार्यदिशा तय गर्ने , मार्गदर्शन ,बिधान परिमार्जित गर्ने ,शाखा तथा केन्द्रिय अधिवेशन तथा प्रक्रिया सम्बन्धि बिषयमा व्यापक छलफल गरिने जानकारी दिएका छन् l  

यसको साथै सँस्थाले नेपाल तथा अमेरिकामा रहेका नेपाली लाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल गरिने भएको छ l 

गत हप्ता आगामी साधारण सभालाई भब्य बनाउन डिसी महानगर क्षेत्र वरपर का संघ/ संस्था तथा जन सम्पर्क समिति लगायतको बैठक बसेको थियो भने उक्त बैठकमा पवन खनाल, केदार तिमिल्सिना, मुक्ति दवाडी, मधु पन्थी, दधि ढुंगाना, राम मिश्रा, देश राज संयोग, यम सिटौला, लक्ष्मी गौडेल, केशब बराल, पदम राज रेग्मी, राम शरण हुमागाई, भरत रेग्मी तथा मुक्तिनाथ पन्थको उपस्थिति रहेको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान