२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

साउदीको जेलमा यातना भोग्दै इलामे युवा

२०७३, ३ चैत्र बिहीबार ०४:३०

(गोविन्द लामिछाने) | चैत ३, इलाम | यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् । 

दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई साउदीस्थित नदिम रियादको कारागारमा रहेको उनका दाजु चक्रबहादुर राईले जानकारी दिनुभयो । 

कम्पनीले आफूमाथि गलत आरोप लगाएर बिनाकारण यातना दिएको प्रेमको भनाइ उद्धृत गर्दै चक्रबहादुरले बताउनुभयो । सन् २०१२ मा साउदी गएका राई सन् २०१६ जनवरीमा दोस्रो पटक सोही कम्पनीमा गई गाडी चलाउन थालेका थिए ।

अल सहलावी कम्पनीमा काम गर्दै आएका राईले लहरी ९गाडी०मा केवल तार लिएर जाँदा कम्पनीबाट १० किलोमिटर टाढा साथीको कोठामा निस्किएका बेला गाडीसहित सामान चोरी भएको थियो । उनले चोरी लगत्तै कम्पनी र प्रहरीलाई जानकारीसमेत दिएका थिए । चोरी भएको दुई दिनपछि १० किमी टाढा रोमा भन्ने स्थानमा लहरी भेटिए पनि केवलको तार नभेटिएको चक्रबहादुरले जानकारी गराउनुभयो । 

सोही आरोपमा प्रहरीले दुई महिना कैद र ५० कोर्रा सजाय सुनाएको थियो । सो भुक्तान भएपछि पुनः चोरी गरेको आरोपमा कम्पनीले विमानस्थलबाटै पक्राउ गरी तीन लाख दस हजार रियाल जरिवाना सुनाई हालसम्म कारागारमा राखिएकाले दैनिक शारीरिक र मानसिक पीडा सहेर बस्नुपरेको प्रेमका दाजु चक्रले दुखेसो पोख्नुभयो । 

राजदूतावासका इन्चार्ज आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा पनि भाइलाई छुटाउन नसकेको चक्रको भनाइ छ । 

क्राउन इम्प्लोयमेन्ट प्रालि काठमाडौँको सम्पर्क कार्यालय शनिश्चरे रोड, बिर्तामोडबाट प्रेम लहरी ड्राइभिङमा साउदी गएका थिए । उनलाई राजकुमार नामका एजेन्टले विदेश पठाएको हुँदा उनीमार्फत कम्पनीमा निर्दोष रहेको प्रमाणित गराउन सहयोगको अपेक्षा गर्दासमेत सहयोग नपाएको चक्रबहादुर गुनासो गर्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने