२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएनएसको स्वर्ण जयन्ति समारोह अभूतपूर्व सफलताको साथ सम्पन्न (फोटो फिचर)

१५ जेष्ठ २०७४, सोमबार १६:३६

विजय थापा | जेठ १५, वाशिंगटन डीसी | उत्तर अमेरिका कै नेपाली समुदायको सवै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (समाज) ५० बर्ष पुगेको उपलक्ष्यमा गत मे २८ तारिख स्वर्ण जयन्ति अद्वितीय प्रस्तुति को साथ सम्पन्न गरेको छ | 


५० बर्ष अगाडी १९६७ मा नेपालका लागी तत्कालिन अमेरिकन राजदुत मानार्थ सभापति एल्सवर्थ बंकरले नेपाल र अमेरिका बीच सम्बन्ध स्थापना गर्ने हेतुले स्थापना गरिएको एएनएस ले विविध कार्यक्रम पस्कदै पुन: समाजमा रक्तसंचार गराएको छ |

मूल त अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई  प्रमुख प्राथमिकता दिदै उनीहरु भित्र रहेका प्रतिभालाई प्रस्फुटन गर्ने सुवर्ण मौका दिएको छ | अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली भाषा बोल्न समेत असजिलो लाग्ने भएता पनि विश्व कै कुनै कुनामा गए पनि नेपाली पन र नेपाली मन भन्ने भावना लाई व्यवहारिक रुपमा प्रमाणित गर्न सफल भएका छन् | 


स्वर्ण जयन्ति कार्यक्रम बिसेष नृत्य ,गीत तथा नाचगान मा केन्द्रित रहेको थियो | उक्त साँस्कृतिक सांगीतिक कार्यक्रमको मुख्य संयोजन को भूमिका निर्वाह गर्ने प्रभा भट्टराई देउजाले सम्पूर्ण जिम्मेबार आफ्नो काँधमा लिएर कार्यक्रमलाई अभूतपूर्व सफल बनाउन कुनै कसर नछोडेको कार्यक्रमले प्रमाणित गरि दिएको छ | 

अमेरिका नेपाल सोसाइटीका पदाधिकारी, स्वयम् सेवक तथा शुभ चिन्तकको बिशेष सहयोगमा कार्यक्रम अपार सफलता साथ सम्पन्न भएको छ | कार्यक्रममा अमेरिक सिनेटर ,सांसद तथा अन्य बिदेशीहरुले समेत शुभकामना को साथै मन्तब्य राखेका थिए | कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि) को उपस्थिति रहेको थियो | 


स्वर्ण जयन्तिको अवसरमा कार्यक्रम सुरु गर्नु अगाडी रक्तदान कार्यक्रम राखिएको थियो भने ३९ जनाले रक्तदान गरेको जानकारी संयोजक सान कि अध्यक्ष मंजु कार्की संग्रौलाले दिएकी छिन् |

यसै गरि ५० बर्ष पुगेको अवसरमा एएनएस हेरिटेज फोटो कन्टेस्ट नामक प्रतियोगिताको आयोजना समेत गरिएको थियो | उक्त प्रतियोगिताको संयोजन नेपाली दुताबास का छायाचित्रकार पत्रकार तथा वृतचित्र निर्माता/निर्देशक कुमार श्रेष्ठले गरेका थिए |

उक्त प्रतियोगितामा प्रथम स्थानमा बज्रपानी नृत्य को तस्बिर बनाउने किजन शाक्य ,द्वितीय स्थानमा धौलागिरी हिमाल बनाउने संकल्प केसी तथा तृतीय स्थानमा नेपालको भूकम्प जानु अगाडी खिचेको तस्बिर बनाउने पाटन दरबार बनाउने मेरिना डंगोल भएका छन् | बिजेताहरुलाई क्यामेरा (चित्र ग्राहिणी ) प्रदान गरिने छ | 

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु राम मालाकार, अनुप पहाडी (विधा वारिधि ), बिजया शाह, प्रेम संग्रौला, खेम भट्टचन, ठाकुर पुडासैनी (विधा वारिधि ) आदिलाई सम्मान गरिएको थियो |

कार्यक्रममा सांस्कृतिक कार्यक्रममा सहभागी हुने सम्पूर्ण सहभागी कलाकार, स्वयम् सेवक तथा सहयोग गर्ने लाई प्रशंसा पत्र प्रदान गरिनुको साथै डीसीका कराते खेलाडी उज्ज्वल ठकुरी तथा भारोत्तोलक रुप कार्कीलाई समेत सम्मान गरिएको थियो | कार्यक्रमको सभापतित्त्व अध्यक्ष जीवन तिवारीले गरेका थिए |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान