विजय थापा | वाशिंगटन डीसी | ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | वाशिंगटन डीसी | ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युजर्सी एन्टा चौथों सम्मेलन सफलता पूर्वक सम्पन्न, नयाँ कार्य समितिमा विजय सिंह निर्वाचित

१६ जेष्ठ २०७४, मंगलवार ०२:५०


विजय थापा | वाशिंगटन डीसी | ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी समितिको समेत गठन गरेको छ |

आगामी दुई बर्षको लागि नया कार्य समितिको सभापतिमा विजय सिंह , वरिष्ठ उपाध्यक्षमा डा. सुबोध मल्लिक, उपाध्यक्षमा अरविन्द सिंह, उपाध्यक्षमा सुभाष कुमार बैठा, सचिवमा इन्द्रदेव साहु, सह सचिवमा जितेन्द्र ठाकुर, कोषाध्यक्षमा मुकेस कर्ण निर्वाचित भएका छन् |

यसै गरि प्रवक्तामा अपरजिता झा तथा सदस्यहरुमा ओम गोइत , खुस्बु मिश्र, मोहन यादव, रतनेश झा, अर्चना कायस्थ् लगायतका सदस्य हरु निर्वाचित भएका छन् | सम्मेलनको मुख्य नारा मधेसका लागि शान्ति र समृद्धि भन्ने रहेको थियो भने सम्मेलनमा विभिन्न राज्यहरुमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता रहेको थियो |


सो सम्मेलनमा आपसी सहयोग ,आफ्नो भाषा, संस्कृति, रिती रिवाजको संरक्षण र सम्वर्धन गर्ने जस्ता बिषयमा गहन छलफल भएको थियो | आफु बिदेशमा रहेता पनि आफ्नो देश / मातृभुमीको को लागि सहयोग र विकास गर्ने बिषयमा वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्दै आफ्ना मन्तव्य राखेका थिए |

उदघाटन कार्यक्रममा नेपालका लागी पूर्व राजदूत स्कोट डेलेसी ,कोरियन एडभोकेन्सीका मैनेजिंग डायरेक्टर जे. डी. किम, एलाइन्स फर पिस विलडिगं का पूर्व सभापति चार्ल्स दामवाच, प्रमुख अतिथि राघवेन्दर द्विवेदी, एन्टाका संस्थापक सभापति रतन झा, डा. उपेन्द्र कर्ण, डा. नविन सिंह,ललित झा लगायत अन्य अतिथिहरुले मन्तव्य राखेका थिए |


एन्टाका सभापति डा. चक्रधर मिश्रको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन सचिव अरविन्द सिंहले गरेका थिए | सम्मेलनमा विभिन्न सांस्कृतिक साँझ भेषभूषा रितीरिवाज, भाषा संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको थियो | सम्मेलनको आयोजना न्युयोर्क शाखाले गरेको थियो । सम्मेलनमा समाज सेवा लगायत अन्य बिभिन्न क्षेत्रमा काम गरेका ख्याति प्राप्त  विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता