जेठ १८, (डालस) टेक्सास | अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा ,चौथो बार्षिक किराँत उभौली कार्यक्रम टेक्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १८, (डालस) टेक्सास | अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा ,चौथो बार्षिक किराँत उभौली कार्यक्रम टेक्स"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेक्सासमा किराँत उभौली कार्यक्रम सम्पन्न

१८ जेष्ठ २०७४, बिहीबार ००:५३

जेठ १८, (डालस) टेक्सास | अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा ,चौथो बार्षिक किराँत उभौली कार्यक्रम टेक्सासको को डालस शहरमा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।

किराँतहरुको केन्द्रिय संगठन किराँत कम्युनीटि अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटि अफ टेक्सास फर रिलीजन एण्ड कल्चरको संयुक्त आयोजना मे २६ देखि २८ सम्म चलेको सो कार्यक्रमको पहिलो दिन किराँत कम्यूनीटि अर्गनाइजेसनको राष्ट्रिय भेला तथा साधारणसभा र विज्ञहरुको सम्मेलन, दोस्रो दिन उभौली पुजा, प्रार्थना, साकेला नाच, किराँत भजनकिर्तन र धर्मगुरुहरुको साधारणसभा भएको थियो भने अन्तिम दिन सांस्कृतीक कार्यक्रम र किराँत धर्मको संरक्षण र प्रवर्धनमा भूमिका खेलेका विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो ।

अमेरिकामा रहेका किराँत परिवारहरुको विशाल जमघट रहको सो सम्मेलनमा ३५ राज्यका प्रतीनिधीहरुले आफ्नो राज्य संगठनको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रिय समीतीले आगामी बर्षको कार्ययोजना पेश गरेको किराँत कम्मूनीटि अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष सुकमान सुब्वाले बताए ।“ आफ्नो कला, धर्म र संस्कृतीको संरक्षण गर्दै अमेरिका जस्तो बहुसांस्कृतिक मुलुकमा किराँत पहिचानलाइ सरकारि मान्यता दिलाउन हाम्रो प्रयास हो,”अध्यक्ष सुब्वाले भन्नुभयोे ।

“विश्वका मानवजातीको सुख, शान्ति र समृदिको लागी हेरक बर्षको उभौली पर्वमा भगवान तगेरा निगंवाभुमाङसंग हामी प्रार्थाना गर्ने गर्दछौँ ।” प्रमुख अतिथि एवं किराँत धार्मिक प्रशिक्षक तथा तुम मांगसेवासा गुर मनप्रसाद थलगंले भन्नुभयो । किराँत धर्मका प्राज्ञ प्रा.डा. नरेश लावती र रणबहादुर सुब्वाले किराँत संस्कृति बारे उठेका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा संस्थाले प्रत्येक बर्ष प्रदान गर्ने पत्रकारिता सम्मान पत्रकार किरण मरहठ्ठालाइ प्रदान गरियो भने बरिष्ठ समाजसेवी सम्मान गणेश सुब्वालाइ प्रदान गरिएको थियो ।

उभौली र उधौली किराँत धर्मका दुइ ठुला पर्वहरु हुन् । जसमध्ये उधौली हिउँदमा मनाइन्छ भने उभौली अन्नपात राम्रो होस् भन्ने कामना गर्दैैै बर्षायाममा मनाइन्छ । यस अघि यो कार्यक्रम जर्जीया, ओहायो र टेनीसीमा सम्पन्न भएका थिए । अमेरिकाका ४१ राज्यहरुमा किराँतहरुको बसोवास रहेको छ । कार्यक्रममा करिब १ हजार किराँत धर्माबलम्विहरुको सहभागीता रहेकोे ओहायो राज्यप्रमुख सनमान सावाँले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का