जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ । 
६ माघ २०८२, सोमबार
काठमाडौँ - KTM

मलेशियाको हरिराय कनसर्ट २०१७ मा राजेश पायल राई आउंदै

२७ जेष्ठ २०७४, शनिबार १०:१५

जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ । 

उक्त मलेसियामा हुन लागिरहेको कार्यक्रममा सहभागी हुन " राई ईश किङ" राजेश पायल राई जाने भएका हुन ।

मुस्लिम समुदायहरुको महान पर्व रामादान ( हरिराय ) को अवसरमा मलक्का स्थित देवन हाङ तुह ओसन हलमा २५ जुलाईमा आयोजना गर्ने लागिएको आयोजक मिलनसार युवा कल्ब मलक्काका सदस्य प्रदीप राईले जानकारी दिएका छन ।

कार्यक्रममा " राई ईज किङ" सुपर स्टार गायक राजेश पायल राईको अलावा , लोक गायिका मिना लामा , मोडल तथा नृत्यङ्गना मल्लिका थोकर तामाङ र दिनेश काफ्ले हास्य कलाकार नेपालबाट आउने जनाईएको छ ।

यसका साथै मलेशियाको विभिन्न भागमा छरिएर रहेका नेपाली कलाकारहरु सरोज राई , श्री राई , अनुराग श्रेष्ठ , सुमन सन्जिद , केसब राना , बिजय राई , मान कुमार राई , सुमन मगर , मृग बहादुर बुढा , सबिन कुलुङ , अनुज राई , हस्त राई , पत्न राई तथा लोक गायिका बसन्ती थापा मगर ले साङगित प्रस्तुती दिनेछन ।

यसैगरी नृत्यमा प्रतीक्षा राई , सुनिमा तामाङ , खुसी मगर , मेगा मगर र हिरा / शर्मिलाको प्रस्तुति पस्कनेछन । मलेशियामा रहेको कलाकारहरुलाई कार्यक्रम संचालन बिनोद लामा र बिजय राईले गर्नेछन भने राष्ट्रिय नेपालबाट गएको कलाकारले स्वयं प्रस्तुति पस्कने कार्यक्रम आयोजना कल्बका सदस्य प्रदिप राईले बताए ।

कार्यक्रम मकालु साङ्गितिक सरगमले मलेशियामा पहिलो पटक आयोजना गरेको भए पनि कार्यक्रम मनोरञ्जन मुलक रहनेछ । २५ जुलाईमा मलक्कामा कार्यक्रम गरि २६ तारिख जोहोर बारुमा दोस्रो कार्यक्रम गर्न लागिएको हो ।

मलेशियामा हरिरायको अवसरमा सार्वजनिक बिदा हुने र उक्त समयमा प्रवासमा रहेर पनि नेपाली सङ्गीत , कलाकारलाई माया सद्भाव राख्ने र नेपाली दाजुभाइ दिदिबहिनीमा आत्मीयता थप्ने कार्यक्रमको उद्देश्य रहेको छ । मलेशियामा हरेक साल हरिराय तथा चाइनिज न्यु इयरको समयमा साङ्गितिक कार्यक्रम हुने गर्दछन ।

आयोजकका सदस्य प्रदीप राईका अनुसार कार्यक्रमको तैयारी सबै अन्तिम चरण पुगेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या