३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार महिनामा यूएईमा १३० नेपालीले गुमाए ज्यान!

२० मंसिर २०८१, बिहीबार १४:५२

काठमाडौँ | चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा यूएईमा १३० जना नेपालीको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार २०८१ साउनदेखि कात्तिकसम्मको चार महिनामा उनीहरूको मृत्यु भएको हो । दूतावासले उपलब्ध गरेको विवरणअनुसार २०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३ र कात्तिकमा ३५ नेपालीको मृत्यु यूएईमा भएको छ ।

पछिल्लो चार महिनामा प्रत्येक महिना औसतमा ३२ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

‘नेपाल माइग्रेसन रिपोर्ट २०२२’ अनुसार २०७६ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको तीन वर्षको अवधिमा यूएईमा ४९६ जना नेपालीको मृत्यु भएको थियो ।

तीमध्ये ५८ जनाले आत्महत्या, १२ जनाको मृत्यु कार्यस्थल दुर्घटना, ५३ जनाको मृत्यु प्राकृतिक, २६ जनाको हृदयघातबाट मृत्यु भएको थियो । ५० जनाको मृत्यु मुटु सम्बन्धी रोग, ५२ जनाको मृत्यु सडक दुर्घटना, ५ जनाको मृत्यु कोभिड–१९ र २४० जनाको मृत्यु अन्य कारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै भक्तपुरमा बुवाले गरे आफ्नै छोरालाई चक्कु प्रहार गरेर ह-त्या कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै चितवन आज विश्वभरि अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदै आजको मौसम: तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने एनपिएलमा आज दुई खेल हुदैँ, पहिलो इलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्दै वामदेव गौतम एकीकृत समाजवादीमा जान ‘तयार’, तेस्रो वरियताको ‘वरिष्ठ नेता’ पद दिईने प्रेमिकाको हत्या आरोपमा युवक पक्राउ धनराज र उनकी श्रीमतीबीच सहकारी डिभोर्स भएको हो, श्रीमतीले १४ करोड ८१ लाख अपचलन गरेको देखिन्छ: सूर्य थापा नेकपा एसमा २४ सदस्यीय सचिवालय गठन(सूची) विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा दुई जना पक्राउ शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अनुमति मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें भन्ने रविको प्रश्नमा न्यायाधीशको जवाफ,“तपाईंलाई यो अनुभव पछि काम लाग्छ ” एनपीएल क्रिकेटः रंगशाला बाहिरै सुत्नेदेखि कमेण्टेटरको कमालसम्म व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो नेपाल समूह उप विजेता बन्दै सेमिफाइनलमा सामान्य अंकले बढ्यो नेप्से एनपीएलको पुरस्कार राशि घोषणा: विजेतालाई १ करोड १० लाख, अरुलाई कति? नेपाल र भारतको खेल रद्द भ्रष्टहरुको मुख हेरेर होइन, काम र अपराध हेरेर कारबाही हुन्छ: प्रधानमन्त्री ओली