२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

७२ घण्टाको अवधिमा अमेरिकामा समातिए ५३८ अवैध आप्रवासी

२०८१, ११ माघ शुक्रबार १७:२०

एजेन्सी | अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि अवैध रूपमा बस्दै आएका आप्रवासीहरूविरुद्ध सरकारले व्यापक स्तरमा कारबाही सुरु गरेको छ ।

गएको १२ देखि १५ घण्टामा ट्रम्प प्रशासनले हजारौँ अवैध आप्रवासीहरूलाई पक्राउ गरी हिरासतमा लिएको छ । यससँगै, अमेरिकी अधिकारीहरूले अमेरिकी सपनाको खोजीमा अमेरिका आएका हजारौँ र लाखौँ मानिसहरू विरुद्ध अहिलेसम्मकै सबैभन्दा ठुलो कारबाही सुरु गरेका छन् ।

हालसम्म ५३८ अवैध आप्रवासीलाई पक्राउ गरिएको र ३७३ जनालाई हिरासतमा राखेर शिविरमा पठाइएको ह्वाइट हाउसले एक्सले भनेको छ । अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस)ले अवैध आप्रवासीहरू विरुद्ध कारबाही गरिरहेको छ ।

ट्रम्पले वाचा गरे अनुसार अवैध रूपमा बसिरहेका आप्रवासीहरूको सामूहिक निष्कासन कार्यान्वयन गर्न थालेको आइसले भनेको छ । यतिबेला संस्थाले कुनै अपराधको मामिलामा अदालतले सजाय सुनाइसकेका आप्रवासीहरूलाई निशाना बनाइरहेका छन् ।

अमेरिकी मिडियाका अनुसार अमेरिकी एजेन्टहरूले वासिङ्टन, डिसी, फिलाडेल्फिया, बोस्टन, एटलान्टा, नेवार्क र मियामीलगायत धेरै सहरमा छापा मारिरहेका छन् । अमेरिकी संघीय एजेन्सीहरूले यी ठाउँलाई गैरकानूनी अपराधीहरूको लागि आरक्षण स्थलको रूपमा लिन्छन् । यहाँ अवैध अपराधीहरू सजिलै फस्टाउने र संरक्षण पनि पाउने बताइएको छ ।

ट्रम्पका प्रेस सचिवले पछि माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै ५३८ जना आपराधिक अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको र सयौँलाई सैन्य विमानद्वारा ‘डिपोर्ट’ गरेको भनेका छन् । तर, उनीहरूलाई कहाँ डिपोर्ट गरियो भनेर कुनै जानकारी दिइएको छैन ।

ह्वाइट हाउसले ट्रम्प प्रशासनद्वारा पक्राउ गरेका केही व्यक्तिहरूको नाम र अपराधहरू पनि साझा गरेको छ । यी अपराधमा बलात्कार, बालबालिकासँग यौन आचरण र १४ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाको यौन दुर्व्यवहार आदि समावेश छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल