२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि, प्रहरीले के भन्यो ?

२०८१, ६ फाल्गुन मंगलवार ११:३४

काठमाडौँ | भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई मानसिक यातना दिएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानपछि भारतीय प्रहरीले आरोप पुष्टि हुने प्रमाण फेला पारेको जनाएको छ।

२१ वर्षीय युवकले प्रकृतिलाई ब्ल्याकमेल र मानसिक तनाव दिएको आरोपमा पक्राउ गरिएको छ। उनलाई हाल न्यायिक हिरासतमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ। भुवनेश्वर-कट्टक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहका अनुसार, प्रहरीले प्रकृतिको मोबाइल फोनसहित निजी सामानहरू नियन्त्रणमा लिएको छ। फरेन्सिक अनुसन्धानपछि थप प्रमाणहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।

आयुक्त सिंहले बताएअनुसार, आइतबार साँझ केआइआइटी विश्वविद्यालयमा कम्प्युटर साइन्स तेस्रो वर्षमा अध्ययनरत छात्रा प्रकृति लम्साललाई आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा सोही विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत युवकले उनलाई मानसिक यातना दिइरहेको तथ्य फेला परेको छ। प्रहरीले युवकलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण पश्चात न्यायिक हिरासतमा पठाएको छ।

घटनापछि नेपाली तथा भारतीय विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेपछि सुरक्षाका लागि प्रहरीले हस्तक्षेप गरेको थियो। भुवनेश्वरस्थित इन्फोसिटी पुलिस स्टेसनमा घटनासम्बन्धी उजुरी दर्ता गरिएको छ। युवकविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा १०८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

सामाजिक सञ्जालमा एक अडियो क्लिप सार्वजनिक भएको छ, जसमा युवकले प्रकृतिलाई गालीगलौज गरेको स्पष्ट सुनिन्छ। तथापि, यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

प्रकृतिको मृत्युपछि नेपाली विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरे पनि कलेज प्रशासनले उनीहरूको माग सुन्नुको साटो दमनकारी नीति अपनाएको आरोप लागेको छ। पाँच सयभन्दा बढी नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको थियो। उनीहरूलाई स्कुलका बसमा हालेर कट्टक रेल्वे स्टेसनमा छाडिएको थियो, जसका कारण विद्यार्थीहरू बिचल्लीमा परेका थिए।

घटनाले व्यापक चर्चा पाएपछि दिल्लीस्थित नेपाली दूतावासले हस्तक्षेप गरेको थियो। दूतावासको समन्वयपछि कलेज प्रशासन विद्यार्थीहरूलाई होस्टलमा फिर्ता ल्याउन सहमत भएको भए पनि त्यसबेला धेरै विद्यार्थीहरू गाडी वा ट्रेनमा आफ्नो गन्तव्यतर्फ लागिसकेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने