२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि, प्रहरीले के भन्यो ?

६ फाल्गुन २०८१, मंगलवार ११:३४

काठमाडौँ | भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई मानसिक यातना दिएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानपछि भारतीय प्रहरीले आरोप पुष्टि हुने प्रमाण फेला पारेको जनाएको छ।

२१ वर्षीय युवकले प्रकृतिलाई ब्ल्याकमेल र मानसिक तनाव दिएको आरोपमा पक्राउ गरिएको छ। उनलाई हाल न्यायिक हिरासतमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ। भुवनेश्वर-कट्टक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहका अनुसार, प्रहरीले प्रकृतिको मोबाइल फोनसहित निजी सामानहरू नियन्त्रणमा लिएको छ। फरेन्सिक अनुसन्धानपछि थप प्रमाणहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।

आयुक्त सिंहले बताएअनुसार, आइतबार साँझ केआइआइटी विश्वविद्यालयमा कम्प्युटर साइन्स तेस्रो वर्षमा अध्ययनरत छात्रा प्रकृति लम्साललाई आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा सोही विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत युवकले उनलाई मानसिक यातना दिइरहेको तथ्य फेला परेको छ। प्रहरीले युवकलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण पश्चात न्यायिक हिरासतमा पठाएको छ।

घटनापछि नेपाली तथा भारतीय विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेपछि सुरक्षाका लागि प्रहरीले हस्तक्षेप गरेको थियो। भुवनेश्वरस्थित इन्फोसिटी पुलिस स्टेसनमा घटनासम्बन्धी उजुरी दर्ता गरिएको छ। युवकविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा १०८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

सामाजिक सञ्जालमा एक अडियो क्लिप सार्वजनिक भएको छ, जसमा युवकले प्रकृतिलाई गालीगलौज गरेको स्पष्ट सुनिन्छ। तथापि, यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

प्रकृतिको मृत्युपछि नेपाली विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरे पनि कलेज प्रशासनले उनीहरूको माग सुन्नुको साटो दमनकारी नीति अपनाएको आरोप लागेको छ। पाँच सयभन्दा बढी नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको थियो। उनीहरूलाई स्कुलका बसमा हालेर कट्टक रेल्वे स्टेसनमा छाडिएको थियो, जसका कारण विद्यार्थीहरू बिचल्लीमा परेका थिए।

घटनाले व्यापक चर्चा पाएपछि दिल्लीस्थित नेपाली दूतावासले हस्तक्षेप गरेको थियो। दूतावासको समन्वयपछि कलेज प्रशासन विद्यार्थीहरूलाई होस्टलमा फिर्ता ल्याउन सहमत भएको भए पनि त्यसबेला धेरै विद्यार्थीहरू गाडी वा ट्रेनमा आफ्नो गन्तव्यतर्फ लागिसकेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै