१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज चार बन्धकको शव हस्तान्तरण गर्दै हमास, शनिबार ६ जना बन्धक रिहा हुने

८ फाल्गुन २०८१, बिहीबार ११:४८

काठमाडौँ | हमासले आज बिहीबार दुई बालकसहित चार बन्धकहरूको शव हस्तान्तरण गर्ने जनाएको छ । हस्तान्तरण गरिने शवहरूमा बिबास परिवारका सदस्यहरू शिरी र उनका साना छोराछोरी नौ महिनाका कफिर र चार वर्षका एरियल पनि समावेश हुनेछन् ।

उनीहरुलाई हमास समूहले ७ अक्टोबर २०२३ मा अपहरण गरेको थियो । तिनीहरू इजरायली बमबारीमा मारिएको हमासले आरोप लगाएको छ । यस बारेमा इजरायलले भने केही पुष्टि गरेको छैन । बालबालिकाका बाबु यार्डेनलाई हमासले यस महिनाको सुरुमा रिहा गरेको थियो ।

हमास समूहका वार्ताकार खालिल अल-हय्याले आउँदो शनिबार थप छ जना जिवितै बन्धकहरू रिहा गर्ने बताएका छन् । यसको बदलामा, इजरायलले गत अक्टोबरपछि पक्राउ परेका सबै महिलाहरू र १९ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई रिहा गर्नेछ । यसका साथै इजरायलले गाजामा केही भग्नावशेष हटाउने उपकरणहरू पनि पठाउन अनुमति दिने बताइएको छ ।

हमासले नोभेम्बर २०२३ मा इजरायली हवाई आक्रमणमा उनीहरू मारिएको दाबी गरेको थियो, तर कुनै प्रमाण प्रस्तुत गरेको थिएन । इजरायली सेनाले पनि यसबारे कुनै पुष्टि गरेको छैन । एक इजरायली अधिकारीका अनुसार मृत बन्धकहरूको पहिचान इजरायलमा पुष्टि गरेपछि मात्र तिनीहरूको नाम सार्वजनिक गरिनेछ ।

हमासले शनिबार रिहा गरिने छ जना इजरायलीहरू मध्ये दुई जनाको नाम घोषणा गरेको छ । उनीहरू एभेरा माङ्गिस्तु र हिशाम अल-सैयद हुन्, जसलाई २०१४ र २०१५ मा गाजामा छिरेपछि पक्राउ गरिएको थियो । युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत, हमासले ३३ जना बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको थियो । यसको बदलामा, इजरायलले करिब १,९०० जना प्यालेष्टिनी बन्दीहरूलाई रिहा गर्ने सहमति गरेको थियो ।

हाल ७३ जना बन्धकहरू गाजामा छन्– जसमा इजरायली सैनिकहरू, सर्वसाधारण (जीवित र मृत दुवै), थाई र नेपाली नागरिक पनि छन् । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा करिब १,२०० जनालाई हत्या गरेको थियो र २५१ जनालाई बन्धक बनाएको थियो । इजरायलले यसको जवाफमा १५ महिनासम्म सैन्य आक्रमण चलाएको थियो, जसमा गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार ४७,४६० जना फिलिस्तिनी मारिएका छन् ।

शनिबार थप ६ जना इजरायली बन्धक रिहा हुने

यसैबीच प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो ।

इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी छ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।

इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’