६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९० लाखसम्म तिरी जंगल, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर अमेरिका पुगेका थिए फिर्ता भएका नेपालीहरु

२२ फाल्गुन २०८१, बिहीबार ११:४८

काठमाडौँ | बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हत्कडी र ट्रान्जिटसम्म नेलसमेत लगाएर स्वदेश फिर्ता गरिदिएका ८ जना नेपाली ५० देखि ९० लाखसम्म तिरेर अमेरिका पुगेको खुलेको छ।

अध्यागमन विभागले उनीहरूलाई प्रहरीको मानव बेचबिखन ब्यूरोमा सोधपुछका लागि बुझाएको थियो। ब्यूरो उच्च स्रोतका अनुसार मानव तस्करीमा उजुरी नदिने भएपछि परिवारको जिम्मा लगाइएको छ।

पछि सम्पर्कमा आउनेगरी विवरण राखी ८ जनालाई नै परिवारको जिम्मा लगाइएको ब्यूरोले जानकारी दियो।

सोधपुछका क्रममा उनीहरूले ५० देखि ९० लाखसम्म तिरेर अमेरिका गएको पुष्टि भएको थियो। करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए ।

मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए। ‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरु अमेरिका पुगेका थिए’ प्रहरीले पाएको बयानमा उल्लेख छ,‘त्यहाँ पुगेलगत्तै समातियौं।’

प्रहरीसँग उनीहरुले स्वदेशमा रोजगारीको अवसर नभएकाले अमेरिका जानु परेको जिकिर गरेका थिए।

अमेरिकामा राष्ट्रपति बनेपछि अवैध हिसाबले बसेका विदेशीलाई स्वदेश फर्काउनेगरी निर्णय भएको थियो। सोहीअनुसार ८ नेपालीलाई अमेरिकाको ग्रिफान एयरको चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प