विजय थापा/भदौ २३, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/भदौ २३, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक च"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन अमेरिकाको अध्यक्षमा दोश्रो पटक पौडेल बिजयी

२०७४, २३ भाद्र शुक्रबार ०६:१९


विजय थापा/भदौ २३, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक चिकित्सक केशव पौडेल निर्वाचित भएका छन l

अध्यक्ष पदमा केहि समय अगाडी सम्म करिब ५ जनाले उम्मेदवारी दिएका थिए l तर अन्तिम समयमा अध्यक्ष पदका उम्मेदवार गौरी जोशीले उम्मेदवारी फिर्ता लिए पछि अन्तिम प्रतिस्प्रद्धामा केवल चिकित्सक केशव पौडेल सहित ४ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए l पौडेलले ४६.७ प्रतिसत मत ल्याई पुन: बिजयी भएका छन् l

मतदान गत सेप्टेम्बर ५ देखि सेप्टेम्बर ६ तारिख सम्म बिहान ८ बजे देखि मतदान बिधुतिय प्रकिया द्वारा निर्वाचन भएको थियो l गत बुधबार राती सेप्टेम्बर ६ तारिख ११:५९ मिनेट पूर्वीय समय सम्पन्न मत गणना अनुसार चिकित्सक पौडेलका निकटतम प्रतिद्वन्दीहरु रविना थापा ,राम सी पोखरेल ,तथा कृष्ण पोख्रेल रहेका थिए l चिकित्सक पौडेलले आफ्नो चुनाबी प्रचार प्रसारमा पहिलो कार्यकालमा अधुरा रहेका काम गर्न पुन :अवसर दिन आग्रह समेत गरेका थिए l 

जम्मा १४ हजार ५ सय २० मतदाता मध्ये ९ हजार २ सय ८२ मत खसेको छ l कुल ६४ प्रतिसत मत खसेको निर्वाचन आयोगले जनाएको छ l यसै गरि वरिष्ठ उपाधक्ष्य पदमा सुनिल शाह बिजयी भएका छन् l ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमस दक्षिण क्षेत्रका लागि जेदु पोख्रेल ,मध्य पश्चिम क्षेत्रको लागि राधा पौडेल ,उत्तर पूर्व क्षेत्रको लागि राम कुमार सुबेदी तथा पश्चिमक्षेत्र को उमा कार्की थापा रहेका छन् l 

यसै गरि महासचिबमा बाबुराम लामा बिजयी भएका छन् भने सचिबमा होम नाथ गौतम बिजयी भएका छन् l यसै गरि कोषाध्यक्षमा प्रकाश अर्याल बिजयी भएका छन् l महिला संयोजकमा इन्दिरा त्रिपाठी बिजयी भएकी छिन् l यसै गरि कार्यकारी समितिको सदस्यहरुमा अमृत कट्टेल ,आङ्ग ग्याल्जेन ,अरुण बन्जाडे ,बिन्दु सापकोटा ,दिव्या केसी ,गोपेंद्र भट्टराई , कृष्ण लामिछाने ,प्रिती सगर खत्री,संजय थापा ,तृष्णा शर्मा तथा बिष्णु बहादुर शाह बिजयी भएका छन l 

यसै गरि आइसीसी सदस्यहरुमा डिल्ली भट्टराई ,बन्दना कोइराला ,बलराम थापा ,बेदराज बस्नेत ,बिष्णु मान प्रधान ,धर्म भट्टराई ,गोमा सेन तथा प्रकाश सापकोटा बिजयी भएका छन् l 

निर्वाचनको अनौपचारिक नतिजा बाहिर आए पछि शंका उपशका र विरोध सूरू किन सुरु ?

निर्वाचनको अनौपचारिक नतिजा बाहिर आए पछि शंका उपशका र विरोध सूरू भएको छ l निर्वाचन सकिएको केही मिनेट मै नतिजा सामाजिक संजालमा आए पछि मतदाता र उम्मेदवार आश्चर्य बनेका छन । र आक्रोश पोख्न थालेको समाचार ईनेप्लिज लांई प्राप्त भएको छ । निर्वाचन सकिएको करिव ३ मिनेट मा नतिजा निस्कनू ले निर्वाचन गर्ने निकाय फितलो र कमजोर रहेको आरोप लाग्न सूरू भएको छ ।

यसो हो भने ( ईलेक्सन बडी ) नामक निकायको यन्त्र नै क़ब्ज़ा गरि अंक यताउता पारेको पनि शंका उम्मेदवारहरूले गरेका छन । मत खसाल्न लाग्दा तपाईहरूले मत खसाएको भनि उम्मेदवारले प्रमाण दिने बताएका छन । ईलेक्सन बडीले गराएको निर्बाचन प्रति गोपनीयता र बिस्वसनीयताको प्रश्न खड़ा भएको छ l मतदान प्रक्रियामा त्रुटि जस्तो फेला परेकोले मतदान प्रक्रिया पनि छानबीन होस भन्ने पनि सामाजिक सञ्जालमा आइरहेको अवस्थामा प्रमुख निर्वाचन आयुक्तले सम्बोधन गर्ने हेतुले  दूर संचार प्रणाली( कन्फेरेन्स कल ) मा सरिक हुन् आव्हान गर्दै सम्बोधन गरिन l 

किन निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल द्वारा निर्वाचन परिणाम प्रकाशित गर्नु अघि दूर संचार प्रणाली( कन्फेरेन्स कल ) मा सरिक :

एनआरएन अमेरिकाकि निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले निर्वाचन आयोगले निर्वाचन परिणाम प्रकाशित गर्नु अगावै अनौपचारिक रुपमा सामाजिक संजालमा आएको निर्वाचन परिणाम आएकोले सामाजिक संजालमा हंगामा मच्चियो l सत्य तथ्य पत्ता लगाउन निर्वाचन समितिका सदस्य तथा निर्वाचन गराउने निकाय संग छलफल गरे पछि निर्वाचन आयुक्त दाहालले संचारकर्मी ,उम्मेदवार तथा अन्य सहभागीहरुको जानकारी दिदै जिज्ञाशालाई समेत सम्बोधन गरिन l 

आयुक्त शर्माले निर्वाचन मतदानमा कुनै ह्याक (अनधिकृत प्रवेश ) नभएको जानकारी दूर संचार प्रणाली( कन्फेरेन्स कल ) को मार्फत गराईन l प्रमूख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल को नेतृत्वमा मतदान सम्पन्न भएको थियो भने ईलेक्सन बडी नामक निकायलाई बिधुतिय मतदानको जिम्मा दिइएको थियो l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने