१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यरात भईसक्यो ! कतारमा नेपाल आइडलको कार्यक्रममा किन ढिलाई ?

६ आश्विन २०७४, शुक्रबार १८:०७

असोज ६, काठमाडौँ | नेपाली समय अनुसार रातको १२ बज्न लागेको छ तर अझै नेपाल आइडलको ग्र्याण्ड फिनाले हेर्न बसेका नेपाली मात्र नभई कतारमै कार्यक्रम हेर्न पुगेकाहरुसमेत हैरान भएका छन् | 

नेपाल आइडल हेर्न पुगेका धेरै नेपालीहरुले कतारमा कार्यक्रम सुरु गर्न प्राविधिक समस्या देखिएपछी अझै कति प्रतिक्षा गर्नुपर्ने हो भन्दै हैरानीपूर्ण स्टाटस हाल्न थालेका छन् | 

नेपालमा समेत ९ बजे प्रसारण हुनुपर्ने कार्यक्रम निर्धारित समयभन्दा ३ घण्टा बित्दा पनि प्रसारण हुन सकेको छैन | यस बिषयलाई धेरैले पुर्व तयारी नभएको भन्दै आयोजकहरुको आलोचना गरेका छन् | 

यता नेपाल आइडल प्रसारण गर्ने एपी वान टेलिभिजनले समेत प्राविधिक कारण नेपाल आइडल तोकिएको समयमा गर्न नसकेको भन्दै माफी मागेको छ | उसले प्राविधिक कारण भन्दै केहिबेरमा कार्यक्रममा प्रसारण गर्ने जनाएको छ | 

त्यसो त नेपाल आइडल हेर्न भनि बिभिन्न स्थानमा प्रोजेक्टर नै राखेर हेर्नेदेखि घर-घरमा बसेर टेलीभिजन हेर्नेहरुले आयोजकहरुको आलोचना गर्न थालेका छन् भने फिनाले हेर्न आतुर बनेर कुरेर बसेकाहरु समेत मध्यरातसम्म पनि कार्यक्रम प्रसारणमा ढिलाई भएपछी सुतिसकेका छन् | अनलाइनमा सामाजिक संजाल तथा युटुबमा लाइभ हेर्नेहरुले बेइज्जत गरेको भन्दै निकै आलोचनापूर्ण स्टाटस तथा प्रतिकृयाहरु दिएका छन् |

कार्यक्रम प्रसारणमा ढिलाई भएपछी नेपाल आइडलले फेरी अर्को आलोचना खेप्ने निश्चित छ | नेपालमा सबैभन्दा राम्रो र अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भन्दै आफैले चर्चा गर्दै आएको कार्यक्रम फाइनलमा कार्यक्रम प्रसारणमा चुक्न पुग्दा यसको क्रेज आफै घट्न पुगेको छ |  

तश्विरमा हेर्नुहोस – निशान भट्टराईको गृह नगरमा फिनाले हेर्न बसेका दर्शकहरु: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह