२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा गायिका निक्की कार्कीमाथि यौन दुर्व्यवहार (भिडियोसहित)

२०७४, ७ आश्विन शनिबार ०७:१५

विजय थापा/असोज ७, अमेरिका । क्यालिफोर्नियामा बस्दै आएकी युवा कलाकार निक्की कार्कीले आफूमाथि यौन दुर्व्यवहारको प्रयास प्रयास भएको बताएकी छिन् ।

२० वर्षीया निक्कीलाई एक नेपाली पुरूषले यौन दुर्व्यवहारको प्रयास गरेको उनले भिडियो सन्देशमा बताएकी छिन् l नर्थ क्यारोलिनामा बस्दै आएका सुशील नेपाल नामक व्यक्तिले आफूलाई सांस्कृतिक प्रस्तुति गर्न क्यालिफोर्नियाबाट नर्थ क्यारोलिना आउँदा यौन दुर्व्यवहारको प्रयास गरेको कार्कीको गुनासो छ ।


घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको हो । सोही कार्यक्रममा सहभागी हुन जाँदा गायिका कार्की माथि यौन दुर्व्यहारको प्रयास भएको कार्कीको भिडियो वयानमा उल्लेख छ ।

गायिका कार्की आफूले न्याय पाऊँ र कारवाहीको माग गर्दै नासा-अन्माको संयुक्त सम्मेलनमा आयोजकलाई कुरा राखेको उनले भिडियोमार्फत बताएकी छिन् ।

घटना भएको करिब २ हप्ता बितिसक्दा पनि सो घटनाका आरोपीलाई कुनै सार्वजिक तथा संस्थागत कारवाही नगरिनुले घटनालाई लुकाउन  खोजेको महसुस गरी उनले आफ्ना कुराहरु भिडियो मार्फत सार्वजनिक गरेकी छिन् l उनले सबैसँग सल्लाह र सुझाव मागेकी छिन् ।

यत्रो दिनसम्म आफूले पर्खेको र आफूले संस्थाबाट नै कुनै ठोस निर्णय नदिएकाले आफूले सार्वजनिक रुपमा आफूमाथि भएका कुराहरू स्पष्टसँग उजागार गरेकी छिन् । कार्कीले आफू पीडित भएको र पीडामा डुबेको सेप्टेम्बर २१ तारिखका दिन सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी छिन् l

मैले न्याय पाइँनः कार्की

कार्कीको भनाइअनुसार सुशीलले कुदृष्टि राख्दै कस्ता कस्ता बहाना गरे र के के भने ?

पहिलोः सुशील नेपालले कार्यक्रमको दिन बिहान ५ बजे विमानस्थलमा गायिका कार्कीलाई आफ्नो निजी गाडीमा लिन गएका थिए ।  तर, उनले गायिका कार्कीलाई कसैले सोधेमा उबर (ट्याक्सी) मा आएको भन्नु, म लिन आएको नभन्नु भनेका थिए । कार्कीले त्यो शब्द सुनेपछि छक्क परेको भिडियोमा उल्लेख गरेकी छिन् ।

दोश्रो- नेपालले पाहुना घरमा पुगिसकेपछि अहिले अतिथिगृहमा कोठा लिन नमिल्ने र आफ्नो कोठामा सपरिवार रहेको बताएका थिए । तर, निक्की कोठामा पुगेपछि कोही नभएको र निज व्यक्तिले एकै ओछ्यानमा सुत्न भनेको कुरा उनले बताएकी छिन् । र, बीचमा सिरानी राखेको देख्दा उनी योजनामा रहेको आफूलाई लागेको भिडियोमा जनाएकी छिन् ।

गायिका कार्की नेपालले भौतिक रुपमै केही गर्छ भन्ने जस्तो लागेर केही गर्यो भने प्रहरीलाई बोलाउँछु भनी आफ्नो मोबाइल तयारी अवस्थामा राखेको उनले भिडियोमा बताएकी छिन् । तेश्रो- कलाकार निक्कीले आफ्नो कार्यक्रम सकेपछि नेपालले आफ्नो कोठामा बसेर बियर खान आग्रह गर्दा आफूले कहिले पनि मदिरा खादिनँ भनेको भिडियोमा उल्लेख छ ।

अमेरिकामा २१ बर्ष देखि मात्र मध्यपान गर्न पाइने कानुन छ । तर, उनले कोठामा गएरसँगै पिउने प्रस्ताव राख्नुको नियतमाथि शंका उपशंका उब्जिएको कार्कीको भनाइ छ ।

चौथो- कलाकार निक्कीले गीत गाएर कार्यक्रम सकिएपछि आफ्नो कोठामा उनको परिश्रम वापत चेक लिन आउन भनेको र आफूलाई अत्यन्त डर एवं असुरक्षित महसुस भएकाले सम्पूर्ण घटनाको जानकारी कार्यक्रममै भेट भएकी एक महिलामार्फत आफ्नो पीडा सार्वजनिक गरेको कुरा बताएकी छिन् ।

यतिमात्र नभई प्रहरीलाई समेत गुहार मागेको निक्कीले बताएकी छिन् । 

प्रहरीले कुनै भौतिक क्षति नपुर्याएको र भौतिक आक्रमण तथा स्पर्श नगरेको हुनाले सँस्थागत प्रक्रियाबाट नै आउनु भनेकाले अन्तिम निर्णय सँस्थाबाट आउने अपेक्षामा रहेको थिए । तर, नआएकाले कुरा राखेको भिडियोमा उल्लेख छ ।

स्थापना कालदेखि अमेरिकाकै सबैभन्दा राम्रो र कहिले विवाद नआउने,राजनीतिको गन्ध नआउने नेपालीहरुको संस्था नासा-अन्मा पनि विवादमा त्यसै तानिने भएको छ ।

संस्थाले निर्णय ढीलो गरिदिएको हुनाले कलाकार निक्कीले बाध्य भएर घटना सार्वजनिक गरेको बताएकी छिन् ,

गायिका निक्की कार्कीको यो भिडियो हेरौं

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल