१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

९ आश्विन २०७४, सोमबार २०:०८

रासस | असोज १०, मस्कट (ओमन) | प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ । 

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हँुदै आज ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको थियो । प्रधानमन्त्री देउवाको ओमनको तीनदिने कार्यक्रमलाई त्यहाँको सरकारले औपचारिकता दिएको छ । 

उहाँलाई आज साँझ मस्कट विमानस्थलमा ओमनका उपप्रधानमन्त्री सइद फहद महुद अल – सइद, ओमन सरकारका पाँच मन्त्री, नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुलीलगायत उच्च अधिकारीले विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले आजै रात्रिभोजको आयोजना गरेको छ । मंगलबार र बुधबार ओमनमा उहाँको उच्चस्तरीय भेटवार्ता हुने यहाँस्थित नेपाली दूतावासले जनाएको छ । 

प्रधानमन्त्री देउवाले मङ्गलबार खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका निजी सचिव बद्री तिवारीले जानकारी दिनुभयो । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनुभएको छ । 

प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्छ । महासभामा भाग लिन यही असोज ३ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्कका लागि प्रस्थान गरेको नेपाली प्रतिनिधिमण्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह