२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाद्वारा खाडीका नेपाली राजदूतहरुलाई यस्तो निर्देशन

२०७४, ११ आश्विन बुधबार ०१:३१

असोज  ११, मस्कट (ओमन) |  प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको छ । 

ओमनको मस्कटमा आज आयोजित ‘केन्द्र एसिया, पश्चिम एसिया र अफ्रिका क्षेत्रका नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलन’ मा प्रधानमन्त्री देउवाले नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्र्र्र्र्न निर्देशन दिनुभएकोे हो । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले सबै राजदूतको विफ्रिङ निकै चासो दिएर सुन्नुभएको थियो । उहाँले त्यस क्षेत्रमा कार्यरत नेपाली कामदारले भोग्नुपरेको समस्या समाधानका हरसम्भव प्रयास गर्न निर्देशन दिँदै यसमा सरकार गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कूटनीतिकस्तरबाट नेपालको इज्जत, प्रतिष्ठा माथि उठाउन र आर्थिक कूटनीतिमा जोड दिन राजदूतहरुलाई आग्रह गर्नुभयो । 

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले श्रमको पुनःस्वीकृति र प्रमाणीकरणलगायत कार्यहरु दूतावासबाटै गर्न राजदूतहरुलाई निर्देशन दिनुभयो । 

बैठकमा श्रम सम्झौता गर्न बाँकी मुलुकसँग सम्झौता गर्न, नेपाललाई पर्यटन र विदेशी लगानी बढाउने जानकारी गराउन राजदूतहरुले भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो । साथै गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच समन्वयको आवश्यकता रहेकामा सहभागीहरुले जोड दिनुभएको थियो । 

सम्मेलनमा सहभागी राजदूतहरुले दूतावासलाई सुविधा सम्पन्न बनाउनुका साथै स्थानीय भाषा र कानून जान्ने स्थानीय कर्मचारी राख्नुपर्नेमा जोड दिनुभएको थियो । 

अधिकांश राजदूतहरुले कामदारमा सचेतना र दक्षताको कमी हुनुका साथै अवैधानिक रुपमा अन्य मुलुक जाने भएकाले बढी समस्या देखिने गरेको अनुभव सुनाएका थिए । दूतावासमा उद्धारको व्यवस्था प्रभावकारी गर्न नसकिएको, बजेट र जनशक्तिको कमीलगायतका कारण सोचेजस्तो काम गर्न चुनौती थपिएको राजदूतहरुको गुनासो थियो । 

खाडी क्षेत्रका विभिन्न मुलुकमा हाल वैधानिक रुपमा श्रम स्वीकृति लिएर काम गर्ने करिब १५ लाख नेपाली कामदार छन् भने अवैधानिक रुपमा पनि हजारौँको संख्यामा नेपाली कामदार कार्यरत रहेको बुझिएको छ । 

सम्मेलनमा ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्र सिंह, साउदी अरबको जेद्धाका लागि नेपाली कार्यवाहक महावाणिज्यदूत रेवती पौडेल, कतारका लागि नेपाली राजदूत रमेश कोइराला, इजरायलका लागि नेपाली राजदूत निरन्जन थापा, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राई, कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाल, बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास, ईजिप्टका लागि नेपाली राजदूत झबिन्द्रप्रसाद अर्याल, संयुक्त अरब ईमिरेट्सका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले सो क्षेत्रको वस्तुस्थितिका साथै भोग्नुपरेका चुनौतीका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा