१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

२३ आश्विन २०७४, सोमबार ०८:०६

असोज २३, जापान । भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पा“चजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् । 

अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले जनाएका छन् । लामो समयदेखि जापानमा बसोवास गर्दै आएका डा उज्ज्वल न्यौपाने, लुसन चालिसे, प्राविधिक इञ्जिनियर हरेन्द्र भण्डारी, पवन मिश्र र नृपेन्द्र श्रेष्ठको पहलमा यससम्बन्धी अनलाइन सञ्चालनमा ल्याइएको हो । 

कुकदेखि पारिवारिक, व्यावसायिक र अध्ययनमा जापान आउने दरमा भएको वृद्धिसँगै विभिन्न प्रकारका समस्या थपिँदै गएपछि समाधानका लागि हेल्पलाइन अनलाइन शुरु गरिएको हो । 

जापानका विश्वविद्यालयमा अध्ययनपछि उच्चस्तरीय अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले शुरु गरेको यो प्रविधिअन्तर्गत निःशुल्क रुपमा समस्या सुन्ने, जापानी भाषामा उल्था गर्ने र सम्बन्धित अस्पतालबारे जानकारीलगायतका काम हुने डा न्यौपानेले बताउनुभयो । 

भाषा नबुझेर समस्यामाथि समस्या नथपियोस् भन्नका लागि पा“चजना मिलेर संयुक्तरुपमा गरिएको यो कार्यमा अहिले नौ जनाको समूह बनेको छ । डा सन्दिप शाक्य, दीपेन्द्र गौतम, मेलिसा रञ्जित र विजय ज्ञवालीसमेत गरी नौ जनाको समूहले स्वास्थ्य समस्या र जीवनयापनको उपायबारे जानकारी गराइन्छ । 

जापानवासी नेपालीले स्वास्थ्य समस्या भन्न नसकेर मर्न नपरोस् भनेर चिकित्सकलाई अनलाइनबाट प्रश्न गर्ने गरेका छन् । फोन, मोबाइल वा अन्य माध्यमबाट प्रत्यक्ष बोलेर समस्या राख्दा हुने असहजतालाई ध्यान दिँदै अनलाइन प्रविधि अपनाइएको संलग्न चिकित्सकको भनाइ छ । 

अधिकांश नेपालीमध्ये लामो समयदेखि काममा खटिने महिला र पुरुषलाई स्वास्थ्य समस्या हुने गरेको छ । दिनभर काम गरेर घर फर्केका र छुट्टिको समयमा समस्या राख्नेलाई चिकित्सकले पनि अनलाइनबाटै समाधानको उपायबारे जानकारी दिन टोकियोमा हालै एक कार्यक्रम पनि आयोजना गरिएको थियो । 

कार्यक्रमबारे जानकारी लिएपछि नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले इन्नो सेवा हेल्पलाइनलाई थप प्रभावकारी बनाउन सके जापानवासी नेपालीले फाइदा लिनसक्ने बताउनुभयो । 

जापानमा स्वास्थ्य बीमा भएमा अधिकाश उपचारमा ३० प्रतिशतमात्र रकम तिरेपुग्ने भए पनि बीमा गर्न नखोज्ने र रोगले गालेपछि उपचारका लागि अस्पताल जाँदा निको नभई नेपाल फर्किंदा बाटोमै ज्यान गुमेको घटना जापानवासी नेपालीले भोग्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन