२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए स्कटल्याण्डको “हिल वाक” भब्य रुपमा सम्पन्न

११ चैत्र २०७५, सोमबार १४:४०

चैत ११, स्कटल्याण्ड । एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल, स्टरलिङमा  आइतबार आयोजना गरेको  हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको एनआरएनए  स्कटल्याण्डको  नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनए प्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताउनु भयो । 

"एनआरएनए  स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले सहभागीहरु माझ एनआरएनए प्रति सकरात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता बिस्तार र संगठन  बिस्तारमा सहयोग पुगेको छ" अध्यक्ष   कार्कीले बताउनु भयो । हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन भएको र सहयोग संकलन क्रम जारी नै रहेको अध्यक्ष कार्कीले बताउनु भयो । उक्त कोषबाट  संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ । 


उक्त हिल वाक शुरु हुनु भन्दा पहिले  एनआरएनए स्कटल्याण्डका सचिब कृष्ण दाहालले हिल वाकको बिबरण, स्वास्थ्य, सुरक्षाबारे  जानकारी दिनु भएको थियो । डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई घण्टा लागेको थियो । एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने सहित उक्त कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरु एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ, डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताउनुभयो ।  

हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ । उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रयोजन गर्नु भएको भिजिट नेपाल २०२० को प्रचार सामग्री कार स्टिकर वितरण गरिएको थियो । एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यबसायमा सहयोग पुग्ने बताउनु भयो । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचार को लागि नेपाली दुतावास र पर्यटन बोर्डसंग समन्वय गरिरहेको कार्कीले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य