२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार थापालाई अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्ड प्रदान

२७ जेष्ठ २०७६, सोमबार ०१:२३

जेठ २७. न्यूयोर्क | अमेरिकामा रहेका नेपाली पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्ड प्रदान गरिएको छ । बिगत लामो समयदेखि अमेरिकामा रहेर नेपाली समुदायमा सकृय रहेर पत्रकारिता गरेका थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको जनाइएको छ । समुदायको हितका लागि काम गर्ने ब्यक्तीहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिने यो सर्भिस अवार्ड पत्रकार थापालाई शिकागोमा आईतबार भएको एक बिषेश कार्यक्रममा ईलोनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले प्रदान गरेका हुन् । 


अवार्डमा आफ्नो समुदायको हित हुंदै देशको हितका लागि काम गर्नेहरुलाई प्रदान गरिने यस अवार्डबाट तपाईलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सकृयताको शुभकामना गर्दछौं लेखिएको छ । अवार्ड प्रदान कार्यक्रममा एनआरएन अमेरिकाका नब निर्बाचित उपाध्यक्ष बुद्धि सुवेदी, शिकागो क्षेत्रका लागि पर्यटनदुत बाला घिमीरे, नेजाका महासचिव किरण मरहठ्ठा लगायतका ब्यक्तीहरुको उपस्थीती रहेको थियो । 

अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले पत्रकार थापाको उज्जवल भविश्यको कामना गर्दै समुदायको हितका लागि थप सकृय हुन शुभकामना दिएका थिए । जेशी ह्वाईट अमेरिकाको डेमोक्रेटिक पार्टिका बरिष्ठ नेता हुन् । 


नेपालको गुल्मीमा जन्मेका थापा नेपालमा रहंदा टेलिभिजन तथा बिभिन्न पत्रिका र एफएममा पत्रकारिता सकृय रहेका थिए । बिगत ९ बर्षदेखी अमेरिकामा रहेका पत्रकार थापा अमेरिकामा आए पछि ह्वाईट हिमाल टिभी हुंदै हाल कार्यक्रम यु स्टाट अगेन मार्फत समुदायको हित र बिकासका कुराहरुलाई उठांउदै आएका छन् । 

प्रेसिडेन्स सर्भिस अवार्ड जस्तो महत्वपुर्ण अवार्ड प्रदान गरिएकोमा खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताएका छन् । थापाले आफ्नो पत्रकारिता यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य