४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

भक्तपुरमा पहिरोले घरदेखि सडक सम्म भत्कायो, केही बस्ती जोखिममा

९ श्रावण २०७६, बिहीबार ११:१२

साउन ९, भक्तपुर  | लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिराले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ । सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ । 

अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायकका १० वटै वडाको अनुगमन गरेर क्षति विवरण सङ्कलन शुरु गरेको जानकारी दिनुभयो । 

उपप्रमुख बस्नेतका अनुसार वडा नं १ मा पहिराले दुई वटा घरमा क्षति पुगेको, केही घर जोखिममा रहेकाले तत्काल पहिरो रोकथाम नगरे ठूलै क्षति हुने बताउनुभयो । पात्लेटारमा रोकथाम नगरेर अन्य घरमा क्षति पुग्ने अनुगमनमा पाइएको छ ।

त्यसैगरी वडा नं ४ मा अनन्तलिङ्गेश्वर जाने मुख्य सडक नै भत्किएको, अन्य दुई वटा सडकमा क्षति पुगेको, गुण्डु– ७ र ८ भएर घ्याम्पेडाँडा जाने मुख्य कालोपत्र सडक पूरै पहिरासँगै जाँदा यहाँ जाने यातायातका साधनसमेत एक सातादेखि बन्द भएको छ । घ्याम्पेडाँडा दुई वटा घरमा क्षति पुगेको छ ।

वडा नं ९ नंखेलमा खोलाको डिलमा घर बनाएका कार्की बस्तीको छ घर उच्च जोखिममा परेको छ । यहाँको छ घरलाई अन्यत्र बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । वडा नं १० चित्तपोलमा तार जाली दिएर पहिरा रोकथामको प्रयास गरिएको छ भने पाँच वटा घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका घरलाई वरिपरि नै त्रिपाल बेरेर राखिएको नगरपालिकाको उपप्रमुख जुना बस्नेतले जानकारी दिनुभयो । 

उहाँले सबै वडाका अध्यक्षलाई आफ्नो वडामा भएको क्षतिको विवरण सङ्कलन गरेर नगरपालिकामा बुझाउन भनेको बताउनुभयो । नगरपालिकाका प्रमुख वासुदेव थापाले भने नगरपालिकाले बाढीपहिरो पीडितका लागि नगरपालिकाले राहत उपलब्ध गराउने बताउँदै नगरपालिकाको बैठकले यसबारेमा निर्णय लिने बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट