२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा बिरामी बढ्न थाले

१७ असार २०७७, बुधबार ०७:१६

असार १७, चितवन। कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको आइतबार अस्पतालको बहिरङ्ग सेवामा तीन सय ८९ जना उपचारका लागि आएका थिए । 

त्यस्तै आकस्मिक सेवामा ८२ जना रहेका थिए । अस्पतालमा आइतबार बिरामीको सङ्ख्या बढी हुने गर्दछ । मङ्गलबार बहिरङ्ग सेवामा तीन सय १५ र आकस्मिकमा एक सय ११ उपचारका लागि आएका थिए ।   लकडाउनसँगै बिरामीको सङ्ख्या निकै घटेको थियो । चैतको २६ गते बहिरङ्ग सेवामा ३१ र आकस्मिक सेवामा एक सय ४० जनाले उपचार लिएका थिए । अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या पनि बढेको छ । अस्पतालले यही आइतबारबाट बहिरङ्ग सेवाको टिकट काट्ने समय बिहान ९ देखि १२ बजेसम्म बनाएको छ । यसअघिको भन्दा समय दोब्बर बढेको हो । 

अस्पतालको प्रसूति सेवामा बिरामीको चाप निकै बढेको छ । विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दैनिक सरदर ३० जना गर्भवतीले अस्पतालमा बच्चा जन्माएका छन् । पूर्ण लकडाउनको समयमा यो सङ्ख्या १५ हाराहारी सम्ममा झरेको थियो । गर्भवती हुनेमध्ये ३० देखि ४० प्रतिशतको शल्यक्रिया गरिन्छ । पोख्रेलले अस्पतालमा कोरोनाको डर मान्नुपर्ने अवस्था नरहेको बताउँदै  सुरक्षित ढङ्गबाट बच्चा जन्माउने काम भइरहेकाले महँगो शुल्क तिरेर निजीमा जानुपर्ने अवस्था छैन भन्नुभयोे । बालसघन उपचारकक्षसमेत भएकाले अस्पतालमा बच्चा जन्माउनेको सङ्ख्या बढ्दो रहेको छ । 

पोख्रेलले गत वर्षभरिमा १३ हजार पाँच सय गर्भवतीले अस्पतालमा बच्चा जन्माएको भन्दै यस वर्षको जेठ मसान्तसम्ममा १२ हजार तीन सय जनाले बच्चा जन्माइसकेको बताउनुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोनाका बिरामी छुट्टै ठाउँमा अलग बाटो जाने गरी राखिएकाले अन्य बिरामीलाई कुनै समस्या नरहेको बताउनुभयो । अस्पतालमा बहिरङ्ग टिकट लिने समय बढेको र सरकारी अस्पताल सुरक्षित छ भन्ने सन्देश सबैमा पुगेका कारण बिरामीको सङ्ख्या बढ्दै गएको बताइएको छ ।  

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जिल्लामा सबैभन्दा सुरक्षित अस्पताल भरतपुर अस्पताल भएको भन्दै उपचारका लागि आउने बिरामीलाई कुनै जोखिम नरहेको बताउनुभयो । “अहिले सबैतिर जोखिम छ”, उहाँले भन्नुभयो, “अस्पताल आउनैपर्ने बिरामीका लागि सबैभन्दा सुरक्षित भरतपुर अस्पतालमा नै छ ।” विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय लगायतको निर्देशिका पूर्ण पालना गरेर उपचार हुने भएकाले सरकारी अस्पताल सुरक्षित रहेको उहाँको दाबी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो