१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विदेशमा अलपत्र युवा ल्याउन वडाले सहयोग गर्ने

२ श्रावण २०७७, शुक्रबार १४:२०

साउन २, कास्की | पोखरा महानगरपालिका–१३ ले आर्थिक अभावका कारण विदेशमा अलपत्र परेका युवालाई स्वदेश ल्याउनका लागि सहयोग गर्ने भएको छ । 

कोभिड– १९, का कारण जारी बन्दाबन्दीले विदेशमा रोजगारी गुमाएर आर्थिक समस्या झेलिरहेका र स्वदेश फर्कन नसकेका साथै घरपरिवारको आर्थिक स्थिति कमजोर भएकालाई वडाले समन्वय गरी स्वदेश फर्काउन पहल थालेको वडाध्यक्ष दर्शन लामाले जानकारी दिनुभयो । लामाका अनुसार वडामा करिब तीन हजार ३० घरधुरी छन् ।  करिब दुई हजारको हाराहारीमा वैदेशिक रोजगारमा युवा छन् । लामाले स्वदेश फर्कनेका लागि आर्थिक स्रोत व्यवस्थापन भने महानगरभित्र क्वारेन्टिनमा रहेकालाई ८० रुपैयाँ छाक खाना खुवाएर बचेको रकमलाई परिचालन गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले क्वारेन्टिनमा बसेका २४७ जनालाई अहिले महानगरले खर्चिदै आएको १३० मा ५० रुँपैया घटाएर ८० रुपैयाँ छाक खाना खुवाएका छौँ, शुरुको १५ दिन हामीले निःशुल्क खुवायौँ, आजसम्म एक लाख ३० हजार बचत भएको छ । यस्तै सङ्कलित रकमलाई अलपत्र युवाको उद्धारमा खर्च गर्नेछौँ ।” उहाँले केही दिनअघि मात्र दुबईबाट नेपाल आउन चाहेका एक युवालाई जहाज टिकटको आधा ३० हजार सहयोग गरेर नेपाल ल्याएको बताउनुभयो । 

वडा नं १३ ले बन्दाबन्दीमा रोजगारी गुमाएका र ज्यालामजदूरी गर्ने परिवारलाई पहिलो चरणमा एक हजार ४४७  र दोस्रो चरणमा एक हजार ९७७ जनालाई राहत वितरण गरेको छ भने करिब १० हजारलाई निःशुल्क खाना खुवाएको लामाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल