दुबई ३० जुलाई। चितवन समाज युएईको तेश्रो अधिबेसन २९ तारिक सुक्रबार बरदुबईको सिन्धिपन्जाबको हलमा सम्पन्न भएको छ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दुबई ३० जुलाई। चितवन समाज युएईको तेश्रो अधिबेसन २९ तारिक सुक्रबार बरदुबईको सिन्धिपन्जाबको हलमा सम्पन्न भएको छ।
२८ पुष २०८२, सोमबार
चितवन - CTW

चितवन समाज युएई को अधिबेसन सम्पन्न अध्यक्ष मा गणेश न्यौपाने

१५ श्रावण २०७३, शनिबार १५:२४

दुबई ३० जुलाई। चितवन समाज युएईको तेश्रो अधिबेसन २९ तारिक सुक्रबार बरदुबईको सिन्धिपन्जाबको हलमा सम्पन्न भएको छ।
बिगत ६ बर्ष देखि कार्यसमितिमा रही बिभिन्न अनुभब र जिम्मेवारी सम्हाल्दै आएका समाजका आजीवन सदस्य गणेश न्यौपाने को नेतृत्वमा १९ सदस्सीय कार्यसमिति चयन भएको छ ।
निर्वाचित कार्यसमितिले दुइजना सदस्य पछि थप गर्ने गरि अध्यक्ष: गणेश न्यौपाने,उपाध्यक्ष :प्रबिनबिक, अस्मिता पाण्डे, परशुराम घिमिरे, महासचिव:जगत क्षेत्री,सचिब :सुबास अधिकारी, कोषाध्यक्ष:दिपक पौडेल, सह-कोषाध्यक्ष:सुनिल पौडेल, प्रबक्ता:रमेश क्षितिज सदस्यहरु :रामचन्द्र न्यौपाने, बिन्दु गिरि, तुल प्रसाद अधिकारी, बिनय यादब, सुर्य ढकाल, राम दर्नाल, केशव अधिकारी, सकिल अलि, रबि जयसवाल, खिमानन्द कडेललाई समाजको साधारण सभाले चयन गरेको छ।  

बैदेशिक रोजगारीका सिलसिलामा युएईमा छरिएर रहेका चितवन बासीहरुले आपसी भाईचारा,सहयोग आदान प्रदान गर्दै साझा चौतारी बनाउने मुख्य उदेश्यका साथ चितवन समाज युएई को स्थापना गरिएको समाजका सस्थापक तथा सल्लहाकार निमकान्त पाण्डे ले मन्तब्यमा राखेका थियो। समाजको बिगत देखि बर्तमान अबस्था र युएई मा रहेका चितवने सम्म हामी पुग्ने कोसिस गर्नु पर्छ भन्नेमा अर्का सल्लहाकार अरुण सुबेदीको थियो।
नेपाली समाजका अध्यक्ष चन्द प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा रहनु भएको कार्यक्रमको सभापति समाजका अध्यक्ष मित्रलाल पाण्डेले गरेका थिए। प्रथम चरणको कार्यक्रमलाई सचिब जगत क्षेत्री ले संचालन गरेका थिए भने निर्बाचन प्रक्रियाको कार्यक्रम अरुण सुबेदीले संचालन गरेका थिए ।  
समाजलाई माया गरेर ओमन देखि पुर्ब उपाध्यक्ष तथा आजीवन सदस्य लक्ष्मण गोदार र युएइ को हत्ता देखि पुर्ब बिधान निर्माण संयोजक रामचन्द्र बस्याल ले कार्यक्रम उपस्थित जनाएका थिए। 
नवनिर्बाचित अध्यक्षले सबै संग हातेमालो गर्दै मिलेर सस्थालाई सबैको साझा बनाएर अगाडी बढाउने प्रतिबद्दता जनाएका थिए। समाजका पुर्ब अध्यक्ष श्याम पोखरेल,प्रबिन बिक,रमेस सुबेदी लगायत ले मन्तब्य राखेका थिए । अध्यक्ष पदको चयन श्याम पोखरेल र गणेश न्यौपाने बिच गोप्य निर्बाचन प्रणालीबाट भएको थियो भने पत्रकार भुपराज बस्याल र मोहन बस्याल ले निर्बाचन परेबेच्छ्क गरेका थिए । कार्यक्रममा युएइ मा कार्यरत चितवन बासीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने