दुबई ३० जुलाई। चितवन समाज युएईको तेश्रो अधिबेसन २९ तारिक सुक्रबार बरदुबईको सिन्धिपन्जाबको हलमा सम्पन्न भएको छ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दुबई ३० जुलाई। चितवन समाज युएईको तेश्रो अधिबेसन २९ तारिक सुक्रबार बरदुबईको सिन्धिपन्जाबको हलमा सम्पन्न भएको छ।
२०८२, २५ चैत्र बुधबार
चितवन - CTW

चितवन समाज युएई को अधिबेसन सम्पन्न अध्यक्ष मा गणेश न्यौपाने

२०७३, १५ श्रावण शनिबार १५:२४

दुबई ३० जुलाई। चितवन समाज युएईको तेश्रो अधिबेसन २९ तारिक सुक्रबार बरदुबईको सिन्धिपन्जाबको हलमा सम्पन्न भएको छ।
बिगत ६ बर्ष देखि कार्यसमितिमा रही बिभिन्न अनुभब र जिम्मेवारी सम्हाल्दै आएका समाजका आजीवन सदस्य गणेश न्यौपाने को नेतृत्वमा १९ सदस्सीय कार्यसमिति चयन भएको छ ।
निर्वाचित कार्यसमितिले दुइजना सदस्य पछि थप गर्ने गरि अध्यक्ष: गणेश न्यौपाने,उपाध्यक्ष :प्रबिनबिक, अस्मिता पाण्डे, परशुराम घिमिरे, महासचिव:जगत क्षेत्री,सचिब :सुबास अधिकारी, कोषाध्यक्ष:दिपक पौडेल, सह-कोषाध्यक्ष:सुनिल पौडेल, प्रबक्ता:रमेश क्षितिज सदस्यहरु :रामचन्द्र न्यौपाने, बिन्दु गिरि, तुल प्रसाद अधिकारी, बिनय यादब, सुर्य ढकाल, राम दर्नाल, केशव अधिकारी, सकिल अलि, रबि जयसवाल, खिमानन्द कडेललाई समाजको साधारण सभाले चयन गरेको छ।  

बैदेशिक रोजगारीका सिलसिलामा युएईमा छरिएर रहेका चितवन बासीहरुले आपसी भाईचारा,सहयोग आदान प्रदान गर्दै साझा चौतारी बनाउने मुख्य उदेश्यका साथ चितवन समाज युएई को स्थापना गरिएको समाजका सस्थापक तथा सल्लहाकार निमकान्त पाण्डे ले मन्तब्यमा राखेका थियो। समाजको बिगत देखि बर्तमान अबस्था र युएई मा रहेका चितवने सम्म हामी पुग्ने कोसिस गर्नु पर्छ भन्नेमा अर्का सल्लहाकार अरुण सुबेदीको थियो।
नेपाली समाजका अध्यक्ष चन्द प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा रहनु भएको कार्यक्रमको सभापति समाजका अध्यक्ष मित्रलाल पाण्डेले गरेका थिए। प्रथम चरणको कार्यक्रमलाई सचिब जगत क्षेत्री ले संचालन गरेका थिए भने निर्बाचन प्रक्रियाको कार्यक्रम अरुण सुबेदीले संचालन गरेका थिए ।  
समाजलाई माया गरेर ओमन देखि पुर्ब उपाध्यक्ष तथा आजीवन सदस्य लक्ष्मण गोदार र युएइ को हत्ता देखि पुर्ब बिधान निर्माण संयोजक रामचन्द्र बस्याल ले कार्यक्रम उपस्थित जनाएका थिए। 
नवनिर्बाचित अध्यक्षले सबै संग हातेमालो गर्दै मिलेर सस्थालाई सबैको साझा बनाएर अगाडी बढाउने प्रतिबद्दता जनाएका थिए। समाजका पुर्ब अध्यक्ष श्याम पोखरेल,प्रबिन बिक,रमेस सुबेदी लगायत ले मन्तब्य राखेका थिए । अध्यक्ष पदको चयन श्याम पोखरेल र गणेश न्यौपाने बिच गोप्य निर्बाचन प्रणालीबाट भएको थियो भने पत्रकार भुपराज बस्याल र मोहन बस्याल ले निर्बाचन परेबेच्छ्क गरेका थिए । कार्यक्रममा युएइ मा कार्यरत चितवन बासीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण