२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलमा लिम्बू

२०७७, ३ फाल्गुन सोमबार ०४:२३

फागुन ३, पोर्चगल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य डा राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको भर्चुअल विशेष भेलाको उद्घाटन कार्यक्रममा उहाँले राजनीतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च युरोपका पूर्वउप संयोजक पुष्पराज तिमिल्सिनाले प्रवासी नेपालीको समस्यामा केन्द्रित भएर लाग्नुपर्ने बताउनुभयो । नेपालमा पछिल्लो समय प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनसँगै नेकपामा देखिएको विवाद देखिएपछि विभिन्न कमिटी दुई भागमा विभाजन हुन थालेका छन् । यसै क्रममा प्रधानमन्त्रीको कदमलाई स्वागत गर्दै राष्ट्रिय नयाँ समिति विस्तार गरिएको छ । 

मदन लिम्बूको संयोजकत्वमा १२५ सदस्यीय विस्तारित कमिटी चयन गरिएको छ । गठित कमिटीको उपाध्यक्षमा राजाराम लामिछाने, अमृत रिजाल, धनिराम पौडेल, एस तिमिल्सिना र दयासागर लामिछाने, महासचिवमा दीपक खत्री, उपमहासचिवमा मिलन रेग्मी र एस अधिकारी सचिवमा पि गिरी, शिवसागर बुढाथोकी, राजेन्द्रप्रसाद डुम्रे, यानी कँडेल, सुदीप विश्वकर्मा र विक्रम रिमाल रहनुभएको छ ।

कोषाध्यक्षमा एस शर्मा, सहकोषाध्यक्षमा अनिता केसी र नविन थापा, अलेन्तेजो इञ्चार्जमा धर्मराज बराल तथा आल्गार्भ इञ्चार्जमा चक्रपाणि बस्याल चयन हुनुभएको छ । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता भएको भर्चुअल बैठकमा प्रवासी नेपाली एकता मञ्च स्पेनका अध्यक्ष हेम शेर्पा, बेलायतका अध्यक्ष भक्त गुरुङ, अमेरिकाका अध्यक्ष प्रभु थापा, अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, कतारका अध्यक्ष चानक पोखरेल, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका महासचिव हेमराज सुवेदी, प्रवासी नेपाली ल मञ्च पोर्चुगल पूर्वअध्यक्षहरु बालाराम विक, बलराम पाठक र सुभाषचन्द्र अधिकारी तथा मदन भण्डारी स्पोट्र्स एकेडेमी पोर्चुगलका अध्यक्ष अमृत रिजालले नवगठित कमिटीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु