हेम चन्द्र राई - युएई ( दुबई ) वैदेशिक रोजगारको सिलसिलामा युएईको दुबई इमिरेट्स स्थित अलजफर सेकुरिटी कम्पनीमा कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई - युएई ( दुबई ) वैदेशिक रोजगारको सिलसिलामा युएईको दुबई इमिरेट्स स्थित अलजफर सेकुरिटी कम्पनीमा कार्य"/>
२०८२, १३ फाल्गुन बुधबार
काठमाडौँ - KTM

दुबईबाट मृतक पुरणको आमालाई एक लाख सहयोग

२०७३, २३ श्रावण आईतवार ०४:२१

हेम चन्द्र राई – युएई ( दुबई ) वैदेशिक रोजगारको सिलसिलामा युएईको दुबई इमिरेट्स स्थित अलजफर सेकुरिटी कम्पनीमा कार्यरत पुरण जङ कुवरको हृदयघात बाट गत महिना अघि मृत्यु भएका उनलाई प्रवासी नेपालीहरुले एक लाख रुपैयाँ सहयोग गरेकाछन । रोजगारीको सिलसिलामा बिगत चार बर्ष देखि दुबईमा कार्यरत पुरणको आठ महिना अघि आफ्नो बुबा गुमाएका थिए ।

२५ बर्षका पुरन मिलनसार , सहयोगी रहेकोले बिजनेस वेमा कार्यरत सम्पुर्ण सेकुरिटीका साथीहरूबाट स्वाछिक रकम सङ्कलन गरेर उनको आमाको नाममा सहयोग रकम पठाइएको छ । सहयोग रकम सङ्कलनको लागि सुपरभाइजर गुणाराज , सुमनको पहलमा उक्त रकम सङ्कलन गरेर आईएममि रेमिटेन्स मार्फत मृतक पुरण जङ कुवरको आमा शान्ति देवि कुवरको नाम पठाईएको हो ।

तनहुँ मिर्लुङ ३ निवासी शान्ति कुवरका घरमा एक बर्षमा नै पति र घरको ठुलो साहारा छोरा गुमाएर भावबिहोल भएकी आमालाई थोरै भए पनि राहत होस भन्ने खातिर सहयोग सङ्कलन गरेर पठाईएको सुमनले जानकारी दिएका छन । जहाँजस्तो रहे पनि भए पनि एउटै परिवारमा जस्तै भएर काम गरेको थियौं त भाग्यवश उनलाई भौतिकरुपमा पाउन सकेनौं सहयोगमा सङ्लग्न साथीहरूले बताएका छन ।

पुरण जङ कुवरको मृत्यु २५ साउन ( ९ जुलाई ) शनिबारको दिन सामान्य पेट दुखेको थियो । साथीहरूलाई फोन गरेर अस्पताल जाने बताएका पुरण अस्पताल नै नगै होस्टेलमा नै सार्‍हो बिमार भएको पछि साथीहरूले एम्बुलेन्स बोलाएर उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको डाक्टरले घोषणा गरेको थियोे । पोस्टमार्टम बाट हृदयघात बाट निधन भएको रिपोर्टमा उल्लेख गरेको छ । उनको सबलाई नेपालमा नेपाल राजदूतवासको सहयोगमा तीन हप्ता पहिला नै पठाई सकिएको थियो । आफ्नो फेसबुकमा नै आफ्नो प्रेमिकालाई कोट गरेर आफू यो सन्सार छोडेर जादै गरेको काल्पनिक कुरालाई पोस्ट गरेको ३ दिनमा उनले प्राण त्याग गरेका पुरण साथीहरूलाई निकै बिछिप्त बनाएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा