कोरोनाबाट विदेशमा ४ जना नेपालीको मृत्यु

Posted on: 04 Apr, 2021

चैत २२, काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ४ नेपालीको मृत्यु भएको छ । कतारमा ३ जना र रुसमा १ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।  

उक्त भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।   

यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।   

हालसम्म ५४ देशमा ६५  हजार २ सय ८७  जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये  ६२ हजार  ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । 

विदेशमा संक्रमणमुक्त हुने दर ९६  प्रतिशत रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!