Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

कतारमा बसन्त फिल्मस् प्रालीद्वारा राष्ट्रिय कलाकार सम्मानित

२५ श्रावण २०७३, मंगलवार ०१:०३

कुमार अविरलपन्थी, कतार ।

बसन्त फिल्मस् प्रा.ली. दोहा कतारद्वारा राष्ट्रिय कलाकारहरु
सम्मानित भएका छन । नमस्ते नेपाल हातेमालो सामाजिक सस्था शाखा कतारले आयोजना गरेको
विविध सास्कृतिक कार्यक्रम २०७३ का लागि कतार आएका लोक पप
, आधुनिक तथा लोक
दोहोरी गयिका रीता केसी र लोक तथा दोहोरी गायक गोपीकृष्ण पँगेनीलाई बसन्त फिल्मस्
प्रा.ली. दोहा कतारले एक कार्यक्रमका बीच दोशल्ला ओढाएर सम्मान पत्रले सम्मान
गरेको हो ।

कार्यक्रममा बसन्त फिल्मस् प्रा.लीका प्रबन्ध निर्देशक ईश्वर
काफ्लेले सभापतित्व गरेका थिए । साथै कार्यक्रममा मोना कतारका महासचिव तिलु शर्मा
पौडेल प्रमुख अतिथि रहेका थिए । यसैगरी लोक पप
, आधुनिक तथा लोक दोहोरी गयिका रीता
केसी र लोक तथा दोहोरी गायक गोपीकृष्ण पँगेनी बिशेष अतिथि रहेका थिए । साथै सोहि
अवसरमा कलाकारिता क्षेत्रमा आवद्ध तथा कलाकारहरुलाई माया गर्ने व्यक्तित्वहरुको
उपस्थिती रहेको थियो ।

कतारमा बसन्त फिल्मस् प्रा.ली.ले अहिले सम्म ४ दर्जन बढी कलाकारलाई
सम्मान गरि सकेको छ। साथै  कतारको
सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा पनि अग्र पङ्क्तिमा रहदै आएको छ ।
कतारमा बिभिन्न समयमा आयोजना हुने बिबिध सास्कृतिक कार्यक्रमहरुमा बिभिन्न देश तथा
नेपालबाट आउने कलाकारहरुलाई फिल्मसले सम्मान गर्दै आईरहेको छ ।

कार्यक्रममा बोल्दै कलाकारहरुले नमस्ते नेपाल हातेमालो सामाजिक
सस्था साखाकतारले अविस्मरणीय अवसर जुराई दिएकोमा धन्यवाद दिए । बसन्त फिल्मस्
प्रा.लि.बाट सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी तथा खुसी भएको बताउदै
सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरे । बसन्त फिल्मसले
कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा
बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ

फिल्मसका प्रबन्धक निर्देशक तथा सम्मान कार्यक्रमका सभापती
काफ्लेले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको
जर्गेना तथा सम्मान गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुग्ने काम गर्दै अगाडी
बढ्ने कुरा बताए । कार्यक्रम सस्थाका सचिव शरद पाण्डेको संचालनमा सम्पन्न भएको
थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार