२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमालियामा आत्मघाती बम विस्फोट, कम्तिमा ८ जनाको मृत्यु

२०७८, ९ मंसिर बिहीबार ११:१०

काठमाडौं, एजेन्सी | सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ ।

राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्शीले जनाएका छन् । बम विस्फोटलगत्तै आकाशमा धुँवाको मुस्लो उडेको र घटनास्थल वरपर गोली चलेको थियो । राजधानी मोगादिशुको मुटुमै भएको विस्फोट यति शक्तिशाली थियो कि नजिकैको एक विद्यालय र अस्पतालको पर्खाल भत्केको थियो ।

‘आठ जना मानिसको मृत्यु भएको छ र १३ विद्यार्थीसहित १७ जना घाइते भएका छन्’, प्रहरी प्रवक्ता अब्दिफताह अदेन हसनले सञ्चारकर्मीसँग कुरा गर्दै भने। विस्फोटक पदार्थ भरिएको आत्मघाती एसयुभी कारले राष्ट्रसंघको सुरक्षामा खटिएको साधनलाई लक्षित गरी उक्त विस्फोट गराइएको उनले बताए ।

विस्फोटमा परी राष्ट्रसंघका कुनै कर्मचारी हताहती भएको वा नभएकोबारे प्रस्ट भइसकेको छैन । लामो समयदेखि सरकारी फौजसँग लड्दै आएको इस्लामिक अतिवादी समूह अब शबाबले बिहीबार भएको विस्फोटको जिम्मा लिएको छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने