२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

जिबजिबेको झोलुङ्गे पुल जोखिममा

२०७८, ७ माघ शुक्रबार ०५:५८

माघ ७, रसुवा |  प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो ।

दुई दशक अगाडिदेखिको पहिरोग्रस्त सो क्षेत्रमा वर्षायाममा पहिरो जाने समस्याले  कालिका क्याम्पसका विद्यार्थी एवं जिबजिबे, ज्याङलाङ, सरसिउँ, घोर्मुलगायत गाउँका बासिन्दालाई आवतजावतमा कठिन पर्दै आएको छ ।  

एक सय १७ मिटर लामो झोलुङ्गे पुलको एकातर्फ भागमा जिबजिबे सडकको डिल भासिएपछि  संरक्षणमा स्थानीय बासिन्दाले विशेष चासो दिएका छन् । 

कुनामा लगाइएको यान्त्रिक टेवा पर्खालसमेत लडेका कारण ‘झोलुङ्गेपुल बचाऔँ अभियान’मा जुट्न उपभोक्तालगायत सम्बद्ध सबै पक्षसँंग आग्रह गरिएको नेकपा(माओवादी केन्द्र)का नेता नारायणप्रसाद देवकोटाले बताउनुभयो । 

वर्षायाममा निरन्तर पहिरो गइरहनाले पार गर्न स्थानीय बासिन्दालाई प्रत्येक वर्ष तीन महिना सकस हुनाले दुई वर्ष अगाडि  गाउँपालिकाले  झोलुङ्गे पुल निर्माण गरेको थियो ।

लठ्ठा कसिएको स्थान दह्रो भए पनि  माथिको पाखो बग्न थालेका कारण पुल पूर्ण जोखिमावस्थामा छ । वर्षायाममा जिबजिबेदेखि यार्सा गाउँ क्षेत्रका १० हजारभन्दा बढी बासिन्दाले सो पुलबाट आवतजावत गर्छन् । 

 पुल संरक्षणमा सहभागी भइदिनदिन स्थानीय तह, सामाजिक सङ्घसंस्था एवं सरोकार निकायसमेतमा आग्रह गरिएको स्थानीय समाजसेवी देवकोटाले बताउनुभयो ।

छिटो उपचार गराउनुपर्ने बिरामी वर्षायाममा  काठमाडौँ लान समेत समस्या हुँदै आएको बताइएको छ । हिउँदमा मोटर गुड्ने र वर्षायाम सुरू हुनासाथ पैदलमार्गीसमेत हिँड्न नसक्ने अवस्थाले बढीमात्रामा जिबजिबेबासी ठूलो मर्कामा परिरहेको स्थानीयवासी चिरञ्जीवी पौडेलले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन