३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

जिबजिबेको झोलुङ्गे पुल जोखिममा

७ माघ २०७८, शुक्रबार ०५:५८

माघ ७, रसुवा |  प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो ।

दुई दशक अगाडिदेखिको पहिरोग्रस्त सो क्षेत्रमा वर्षायाममा पहिरो जाने समस्याले  कालिका क्याम्पसका विद्यार्थी एवं जिबजिबे, ज्याङलाङ, सरसिउँ, घोर्मुलगायत गाउँका बासिन्दालाई आवतजावतमा कठिन पर्दै आएको छ ।  

एक सय १७ मिटर लामो झोलुङ्गे पुलको एकातर्फ भागमा जिबजिबे सडकको डिल भासिएपछि  संरक्षणमा स्थानीय बासिन्दाले विशेष चासो दिएका छन् । 

कुनामा लगाइएको यान्त्रिक टेवा पर्खालसमेत लडेका कारण ‘झोलुङ्गेपुल बचाऔँ अभियान’मा जुट्न उपभोक्तालगायत सम्बद्ध सबै पक्षसँंग आग्रह गरिएको नेकपा(माओवादी केन्द्र)का नेता नारायणप्रसाद देवकोटाले बताउनुभयो । 

वर्षायाममा निरन्तर पहिरो गइरहनाले पार गर्न स्थानीय बासिन्दालाई प्रत्येक वर्ष तीन महिना सकस हुनाले दुई वर्ष अगाडि  गाउँपालिकाले  झोलुङ्गे पुल निर्माण गरेको थियो ।

लठ्ठा कसिएको स्थान दह्रो भए पनि  माथिको पाखो बग्न थालेका कारण पुल पूर्ण जोखिमावस्थामा छ । वर्षायाममा जिबजिबेदेखि यार्सा गाउँ क्षेत्रका १० हजारभन्दा बढी बासिन्दाले सो पुलबाट आवतजावत गर्छन् । 

 पुल संरक्षणमा सहभागी भइदिनदिन स्थानीय तह, सामाजिक सङ्घसंस्था एवं सरोकार निकायसमेतमा आग्रह गरिएको स्थानीय समाजसेवी देवकोटाले बताउनुभयो ।

छिटो उपचार गराउनुपर्ने बिरामी वर्षायाममा  काठमाडौँ लान समेत समस्या हुँदै आएको बताइएको छ । हिउँदमा मोटर गुड्ने र वर्षायाम सुरू हुनासाथ पैदलमार्गीसमेत हिँड्न नसक्ने अवस्थाले बढीमात्रामा जिबजिबेबासी ठूलो मर्कामा परिरहेको स्थानीयवासी चिरञ्जीवी पौडेलले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन