2026-09-08 05:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

४० वर्षको शिक्षण पेशापछि मौरीपालनतिर

माघ ११, बागलुङ | केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उहाँको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । 

चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्नुहुन्थ्यो । नपुग्दो केही थिएन । गाउँमा पूर्वशिक्षकको मानमनितो छँदै थियो । तर ६१ वर्षीय उहाँले त्यो बाटो रोज्नुभएन । बिनाइलम समय खेर फाल्न रानाको मनले मानेन ।

जैमिनी नगरपालिका–७ जैदी, बोरका रानाले घरमा पहिले रहेका एक–दुई घार मौरीलाई व्यावसायिक रूप दिने योजना बनाउनुभयो । विसं २०६२ तिर उहाँले रु तीन हजार ५०० तिरेर छिस्तीबाट एक घार मौरी ल्याउनुभएको थियो । विसं २०७४ पछि मात्र रानाले मौरीपालन विस्तार गर्नुभयो । अहिले उहाँकामा ४५ घार मौरी छन् । आउँदो वर्षभित्र सय घार पु¥याउने रानाको लक्ष्य छ ।

“विसं २०७० बाट घार थप्दै आएँ, व्यावसायिकरूपमा गर्न थालेको यस्तै तीन–चार वर्षजति भयो”, रानाले भन्नुभयो । उहाँले ‘फार्म’को व्यावसायिक नाम ‘कृषि तथा दीप मौरीपालन’ दिनुभएको छ । रानाले गएको याममा ५२ किलो मह बेचेको सुनाउनुभयो । कात्तिक–मङ्सिर र वैशाख–जेठ गरी दुई याममा मह काढ्नुहुन्छ । प्रतिकिलो रु एक हजार २०० मा घरबाटै मह बिक्री हुने गरेको रानाको भनाइ छ ।

“मह गाउँमै खोसाखोस हुन्छ, उत्पादन गर्न सके बिक्रीको कुनै समस्या छैन”, रानाले भन्नुभयो । गाउँघरको महमा मिसावट नहुने र स्वास्थ्यवद्र्धक मानिने हुँदा ग्राहकको रोजाइमा पर्छ । रानाले मह बेचेर वर्षमा डेढ लाख जति आम्दानी हुने गरेको बताउनुभयो । सय घार पु¥याउँदा कमाइ दोब्बरले बढ्ने उहाँको भनाइ छ । गत वर्ष कृषि ज्ञान केन्द्रबाट रानाको ‘फार्म’ले रु एक लाख ४६ हजार अनुदानसमेत पाएको थियो । सो अनुदानबाट व्यवसाय बढाएको रानाले बताउनुभयो ।

“अनुदान र प्राविधिक सहयोग पाएमा मौरीपालन व्यवसाय बढाउँदै लाने सोचमा छु”, उहाँले भन्नुभयो, “कम लगानीले पुग्ने, समय पनि धेरै दिनु नपर्ने हुँदा मौरीपालन सहज छ, व्यावसायिक हुन सके आम्दानी पनि राम्रो छ ।” विसं २०७७ असारमा शिक्षण पेशाबाट अनिवार्य अवकाश लिएपछि आफूले पूरै समय मौरीपालनमा दिन पाएको रानाले बताउनुभयो । सुरुआतमा उहाँका कान्छा छोरा दीपेनले मौरीपालनमा रानालाई बढी सघाउनुहुन्थ्यो । पछि छोरा दीपेन पनि भारतीय सेनामा भर्ती भएपछि व्यवसायको मुख्य भार रानामाथि नै छ ।

श्रीमती मायाको उहाँलाई दरिलो साथ छ । अरु छोराछोरी पनि रोजगारी र पढाइमा घर बाहिर छन् । कुराकानीका क्रममा रानाले आफू पाँच वर्षको छँदा भएको अप्रिय घटना पनि सम्झन पुग्नुभयो । उहाँको अहिले बायाँ हात छैन । शारीरिक अपाङ्गतासँग पनि राना जुँधिरहनुभएको छ ।

घरमै खेल्ने क्रममा जाँतोमा थिचिएर हात गुमाउनुपरेको रानाले सुनाउनुभयो । शारीरिक जटिलताबीच पनि शिक्षण पेशामार्फत उहाँले चार दशक समाजको सेवा गर्नुभयो । पेशाबाट निस्कँदा पनि उहाँले आफ्नो आँट र साहसलाई कायमै राख्नुभयो ।

विसं २०३७ देखि २०७७ सम्म गाउँकै भगवती प्राविमा उहाँले अध्यापन गर्नुभयो । स्थानीय स्रोतको शिक्षक हुँदै २०४१ मा अस्थायी र २०४८ मा स्थायी भएर गत वर्ष उमेरहदका कारण रानाले अनिवार्य अवकाश पाउनुभएको हो । “अपाङ्गता भए पनि मौरीको रेखदेख, स्याहारसुसार म आफैँ गर्छु, ठूलो काम पर्दा मात्र ज्यालादारीमा कामदार लगाउने गरेको छु”, रानाले भन्नुभयो, “शिक्षणपछि मेरो रुचिको पेशा मौरीपालन भएको छ, यसमै रमाइरहेको छु ।”

मौरीपालनको पकेट जैदीमा दर्जनौँ किसान त्यस पेशामा छन् । बोर नजिकै धुल्लुगाउँका मोहराज उपाध्यायको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ले चिनिन्छ । उद्योगमा २०० घार मौरी छन् । उपाध्यायले मह बेचेर वार्षिक रु १० लाख बढी कमाउनुहुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जैदीसहित छिस्ती, धुल्लुबास्कोट, कुश्मीसेरा, भकुण्डे, पाला, रेश, मालिका, दगातुम्डाँडा, मल्म, दुदिलाभाटी, हटियालगायत मौरीपालनका लागि पकेट क्षेत्रमा पर्छन् ।

कम लागत र व्यवस्थापनमा राम्रो आम्दानी हुने भएपछि किसान मौरीपालन व्यवसायतिर आकर्षित छन् । जिल्लामा सेरेना प्रजातिको मौरीपालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल