भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अ"/>
२०८२, १ चैत्र आईतवार
काठमाडौँ - KTM

जनप्रगतिशील मोर्चा जापान टोकियोको क्षेत्रीय अध्यक्षमा अधिकारी

२०७३, १९ भाद्र आईतवार ०५:५७

भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अधिकारी निर्बिरोध चयन भएका छन् |

सनिबार जापानको राजधानी टोकियोको शिन ओकुबो टोकियोस्थित रोधी क्लबको हलमा भएको एकता अधिबेशन कार्यक्रममा बिद्यार्थी आन्दोलनका युवा नेता सम्पूर्ण अधिकारीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति गठन गरेको हो | निर्वाचित अध्यक्ष सम्पूर्ण अधिकारीसँग यसअघि काठमाडौँको ग्रामिण आदर्श बहुमुखी क्याम्पसको बिद्यार्थी अध्यक्ष तथा अनेरास्वबियु क्रान्तिकारी अन्तर्गत सक्रिय बिद्यार्थी नेता भएर काम गरेको लामो अनुभव संगालेका छन् | 

सनिबार टोकियोमा संम्पन्न उक्त कार्यक्रमपछी अध्यक्ष अधिकारीले जापानमा आएर आफुले पुन: राजनीतिलाई निरन्तरता दिने उद्घोष गरे | उनले भने 'आखिर जहाँ पुगेपनि राजनीतिक प्राणीको मन-मस्तिष्क राजनीतिमै हुँदो रहेछ | त्यसैले अब यतैबाट नेकापा माओवादी केन्द्रको लागि सक्रिय राजनीति गर्छु |' जनप्रगतिशील मोर्चा टोकियोका निबर्तमान अध्यक्ष अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्र जापान इन्चार्ज भूपाल मान श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो | सनिबार सम्पन्न एकता अधिवेशनले ४ जना सदस्य पछी थप्न सक्ने गरि २७ सदस्यीय कार्यसमिति निर्माण गरेको छ |



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार